अर्जेन्टिनाको सातौं सेमिफाइनल यात्रा, अब इंग्ल्यान्डसँग भेट

अर्जेन्टिनाको सातौं सेमिफाइनल यात्रा, अब इंग्ल्यान्डसँग भेट

२८ असार, काठमाडौं — साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सातौं पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे। खेलको १०औं मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। स्विट्जरल्यान्डले ६७औं मिनेटमा खेल बराबरीमा ल्यायो। रिकार्डो रोड्रिगेजको असिस्टमा डान एनडोयेले गोल गर्दै टोलीलाई १–१ को अवस्थामा पुर्‍याएका थिए। ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो। त्यसपछि स्विट्जरल्यान्ड…
Read More
२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी विश्वकप इतिहासमा २० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन्। उत्तर अमेरिकामा भइरहेको २३औँ संस्करणको फिफा विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले लगातार विभिन्न कीर्तिमान बनाइरहेका बेला एमबाप्पेले पनि आफ्नो नाममा महत्वपूर्ण उपलब्धि थपिरहेका छन्। क्वाटरफाइनलमा मोरक्कोविरुद्ध फ्रान्सको २–० को जितमा एक गोल र एक असिस्ट गरेका एमबाप्पेले विश्वकपका थप कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। विश्वकपमा सर्वाधिक खेल, सर्वाधिक गोल, सर्वाधिक ६ पटक असिस्ट गर्ने खेलाडीलगायतका कीर्तिमान मेसीको नाममा रहँदा उनको चर्चा बढी भइरहेको छ। तर एमबाप्पेले केवल तीन…
Read More
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ। करिब डेढ महिनाको अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो। महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख तथा समितिका संयोजक कृष्ण तिवारीको नेतृत्वमा गरिएको अध्ययनले बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र पनि जग्गा रहेको देखाएको छ। छानबिनका क्रममा वडा कार्यालयबाट सिफारिस भएका ५७४ वटा निवेदनको विस्तृत अध्ययन गरिएको थियो। समितिले जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणालीमार्फत आवेदकहरूको विवरण अध्ययन गरी प्रतिवेदन तयार गरेको हो। संयोजक तिवारीका अनुसार सरकारी डिजिटल प्रणालीमार्फत विवरण…
Read More
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ संसद्मा प्रस्तुत गरेका छन्। विधेयकको दफा ५ मा ऐन तथा नियमावली खारेज गर्ने र त्यससँग सम्बन्धित बचाउका प्रावधान समावेश गरिएको छ। विधेयकमा निम्न चार वटा ऐन खारेज गर्ने प्रस्ताव गरिएको छः प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३ नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ आय टिकट दस्तुर ऐन, २०१९ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ यससँगै राजस्व चुहावट…
Read More
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले पछिल्ला ४० दिनदेखि प्रतिनिधिसभा बैठकको सुरुमै विरोध जनाउँदै आएका छन्। लगातार एउटै विषयमा सबै विपक्षी सांसदहरूले बोल्दै विरोध गर्दै आएपछि सभामुख अर्यालले बिहीबार विपक्षी दलको तर्फबाट एक जनाले मात्रै धारणा राख्ने र त्यसपछि बैठकको नियमित कार्यसूची अघि बढाउने प्रस्ताव गरेका थिए। सोही प्रस्तावअनुसार सभामुखले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका थिए। तर, विपक्षी दलहरूले एक जनाले मात्रै बोल्ने प्रस्तावमा सहमति जनाएनन्। त्यसपछि सभामुख अर्यालले विरोध गर्ने शैलीमा परिवर्तन…
Read More
पार्टी पुनर्गठनबारे एमाले कार्यदलको छलफल हुँदै

पार्टी पुनर्गठनबारे एमाले कार्यदलको छलफल हुँदै

२५ असार, काठमाडौं — नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यदलको बैठक आज बस्ने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ। गत १० असारमा बसेको सचिवालय बैठकले पार्टी पुनर्गठनका विषयमा कार्यकर्ताबाट सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राजधानी विशेषसहित आठै प्रदेश, जनसंगठन, विभाग, प्रवास कमिटी तथा सल्लाहकारहरूबाट सुझाव संकलन गरिएको छ। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा रहेको कार्यदलले संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने विषयमा आजको बैठकमा छलफल गर्नेछ।
Read More
नेपालमा थ्रीजी सेवाको अन्त्यतर्फ टेलिकम कम्पनी

नेपालमा थ्रीजी सेवाको अन्त्यतर्फ टेलिकम कम्पनी

काठमाडौं, २४ असार — नेपाल टेलिकम र एनसेलले चरणबद्ध रूपमा थ्रीजी (3G) सेवा बन्द गर्ने तयारी गरेका छन्। दुवै कम्पनीका अनुसार पुरानो प्रविधिलाई हटाएर फोरजी (4G) सेवाको विस्तार गर्ने तथा भविष्यमा फाइभजी (5G) सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्न थ्रीजी सेवा बन्द गर्न लागिएको हो। विश्वभर पनि पुराना मोबाइल प्रविधिलाई क्रमशः विस्थापन गर्दै उच्च क्षमतायुक्त नेटवर्कमा लगानी बढाउने प्रवृत्ति बढिरहेको छ। थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीहरूले टुजी (2G) र फोरजी (4G) सेवा सञ्चालनमा राख्नेछन् भने भविष्यमा फाइभजी सेवा विस्तारको तयारीसमेत गरिरहेका छन्। दूरसञ्चार क्षेत्रका सरोकारवालाका अनुसार अहिलेको आवश्यकताअनुसार थ्रीजी प्रविधि कम प्रभावकारी बन्दै गएको छ। फोरजीको तुलनामा थ्रीजीले…
Read More
देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

२४ असार, काठमाडौं — देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भागमा भने सरदर स्थानकै आसपास रहेको छ। महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम खालको वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र…
Read More
कर्णाली बस दुर्घटनालाई लिएर सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

कर्णाली बस दुर्घटनालाई लिएर सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

२२ असार, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली बस दुर्घटनाका बेला मन्त्रीको हेलिकप्टर उडिरहेको भए पनि उद्धारमा प्रयोग नभएको भन्दै संसदमा सरकारको आलोचना गरेका छन्। असार १८ गते दैलेखस्थित कर्णाली नदीमा बस खस्दा पाँच जना बेपत्ता भएका थिए। घटनामा कालीकोटका पाचलझरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरुवा भिरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए। यस्तै, कैलालीमा एक महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। ती शव कर्णाली बस दुर्घटनामा बेपत्ता भएकाहरूको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाग्रस्त बस भने अझै फेला परेको छैन। घटना भएकै समयमा ऊर्जा तथा जलस्रोत मन्त्री…
Read More
एडीबी अध्यक्षको नेपाल भ्रमण, विकास परियोजनाको अवलोकन पनि गर्ने

एडीबी अध्यक्षको नेपाल भ्रमण, विकास परियोजनाको अवलोकन पनि गर्ने

२२ असार, काठमाडौं — एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। आइतबार राति १० बजे काठमाडौं आइपुगेका कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए। अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार र मंगलबार नेपालमा रहने कान्डाले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह बनेपछि विदेशी पाहुनासँग हुने यो पहिलो औपचारिक भेट हुनेछ। संसारकै ठूलो बहुपक्षीय बैंक मानिने एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुखसरहको मर्यादा दिने प्रचलन रहेको छ। गत महिना बंगलादेश भ्रमणका क्रममा पनि एडीबी अध्यक्षलाई त्यहाँका अर्थमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए। नेपाल भ्रमणका क्रममा कान्डाले…
Read More