२०८३ असार २८
२०८३ असार २८
२८ असार, काठमाडौं — साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सातौं पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे। खेलको १०औं मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। स्विट्जरल्यान्डले ६७औं मिनेटमा खेल बराबरीमा ल्यायो। रिकार्डो रोड्रिगेजको असिस्टमा डान एनडोयेले गोल गर्दै टोलीलाई १–१ को अवस्थामा पुर्याएका थिए। ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो। त्यसपछि स्विट्जरल्यान्ड…