गोली चलाउन कुनै निर्देशन दिएको थिईन : पूर्वगृहमन्त्री लेखकको दाबी

१४ पुस, काठमाडौं — तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको घटनाको नैतिक जिम्मेवारी आफूले लिएको तर भदौ २४ गते भएका घटनाहरू भने योजनाबद्ध भएको दाबी गरेका छन्।

सोमबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै लेखकले २३ गतेको दुःखद् घटनापछि नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिएको बताएका हुन्।

बयानमा उनले भनेका छन्, “गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको हैसियतले त्यस घटनाबाट म अत्यन्तै मर्माहित भएँ। गहिरो पीडाबोधका कारण गृहमन्त्री पदमा रहेका व्यक्तिले पदीय नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने अठोटका साथ नैतिकताका आधारमा तत्काल राजीनामा दिएको हुँ। अहिले पनि म भन्छु— भदौ २३ को घटना हुँदा म देशको गृहमन्त्री थिएँ। गृहमन्त्रीको रूपमा काम गर्दा सधैँ नेपालको संविधान, प्रचलित कानून, सरकारी नीति र गृह मन्त्रालयको जिम्मेवारीभित्र रहेर असल मनसायका साथ काम गरेको छु र व्यक्तिगत तथा पदीय नैतिक जिम्मेवारीलाई कहिल्यै बिर्सिएको छैन।”

तर उनले आफ्नो राजीनामापछि भदौ २४ गते घटेका हिंसात्मक घटनाहरूलाई राष्ट्रको अस्तित्व, स्वाभिमान र लोकतन्त्रविरुद्धको नियोजित आक्रमणको रूपमा व्याख्या गरेका छन्।

“सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनजस्ता राज्यका प्रमुख निकाय र कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकामाथि आक्रमण गरी जलाउने दुस्साहस कुनै पनि देशभक्त नेपालीले कल्पना गर्न सक्दैन,” उनले बयानमा उल्लेख गरेका छन्।

लेखकका अनुसार, लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्त प्रतिनिधित्व गर्ने संस्थामाथि भएको आक्रमण जेन–जी पुस्ताको सोच र योजनाभन्दा बाहिरको विषय हो। उनले निष्कर्ष निकाल्दै भनेका छन्, “यो घटना नियोजित षड्यन्त्र थियो। यो राष्ट्र र लोकतन्त्रविरुद्ध गरिएको सुनियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...
गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ। धुम्बाराहीस्थित हो...
क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिन...
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...