समानुपातिक उम्मेदवारहरु टुंग्याउन रास्वपाको केन्द्रीय समिति बैठक सुरु

१३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। आन्तरिक प्रतिस्पर्धा तथा प्राथमिक निर्वाचन प्रक्रियाबाट तयार भएको समानुपातिक उम्मेदवार सूचीलाई अन्तिम रूप दिन पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो।

यसअघि, गत पुस ११ गते रास्वपाले समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको थियो। उक्त प्रक्रियाका लागि कुल ४१४ जनाले आवेदन दिएका थिए, जसका लागि पार्टीले प्रतिव्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा सोमबारसम्म निर्धारण गरेको छ। आयोगको निर्देशिका अनुसार राजनीतिक दलहरूले समानुपातिक सूचीमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत समेट्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...
गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ। धुम्बाराहीस्थित हो...
क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिन...
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...