भदौ २३–२४ घटनाबारे ओलीलाई बयानमा बोलाउने तयारी

१७ पुस, काठमाडौं — भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ओलीलाई बयानका लागि पत्र पठाइने जानकारी दिएका हुन्। तर, एमाले अध्यक्ष ओलीले भने आयोगमा बयान नदिने अडान लिँदै आएका छन्। उनले आफूलाई गोली हाने पनि बयान नदिने भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया दिइसकेका छन्।

यस विषयमा सञ्चारकर्मीहरूले ‘ओली बयान दिन नआए के गर्नुहुन्छ ?’ भनी सोध्दा अध्यक्ष कार्कीले ‘त्यो अवस्था आएपछि थाहा हुन्छ’ भनेर प्रतिक्रिया दिएका छन्।

आयोगले बुधबार तत्कालीन गृहमन्त्री रमेश लेखकसँग दोस्रोपटक बयान लिएको र उनको बयान पूरा भइसकेको जानकारी पनि कार्कीले दिएका छन्।

तीन महिनाको कार्यकाल पाएको जाँचबुझ आयोगले काम नसकिएकाले थप एक महिनाको समय पाएको छ। आयोगका कामको प्रगतिको विषयमा सरकारसँग छलफल भएको उल्लेख गर्दै अध्यक्ष कार्कीले अब थपिएको समयभित्रै प्रतिवेदन बुझाउने बताए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...
गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ। धुम्बाराहीस्थित हो...
क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिन...
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...