सरकारविरुद्ध एमाले आक्रामक, सडक संघर्षको तयारी

१७ चैत, काठमाडौं — नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारले फरक विचार राख्ने दल र नेताहरूलाई दबाबमा राख्ने निरंकुश शैली अपनाएको आरोप लगाएका छन्।

मंगलबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रवृत्तिको सशक्त विरोध सडकबाटै गरिने चेतावनी दिए।

सडक आन्दोलन कमजोर देखिएको भन्ने प्रश्नमा उनले आन्दोलन प्रारम्भिक चरणमा रहेको भन्दै शिवरात्रीमा मुढा बाल्ने उदाहरण प्रस्तुत गरे। उनका अनुसार अहिले आन्दोलनको सुरुआती अवस्था मात्र चलिरहेको छ।

बस्नेतले यसअघि भ्रातृ तथा शुभेच्छुक संगठनहरू मात्रै सडकमा सक्रिय रहेको र हिजोदेखि पार्टी नै औपचारिक रूपमा आन्दोलनमा उत्रिएको जानकारी दिए।

आफू आन्दोलनमा सक्रिय नभएको वा सडकमा देखिन डराएको भन्ने आरोपलाई उनले अस्वीकार गर्दै आफू सधैं सडक आन्दोलनसँग जोडिएको व्यक्ति भएको बताए। उनले आफू निरन्तर सडकमै रहने उल्लेख गर्दै डर आफूबाट टाढै रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...
गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ। धुम्बाराहीस्थित हो...
क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिन...
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...