१८ चैत, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख बुझेका छन्।
सहकारी ठगीसम्बन्धी मुद्दामा उनी मंगलबार अदालत पुगेका हुन्। अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार तारेख बुझेर उनी केही समयपछि फर्किएका थिए।
पर्सास्थित सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दर्ता रहेको छ।
लामिछाने फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन्।



