सेयर कारोबार विवादले गयो गृहमन्त्रीको पद

९ वैशाख, काठमाडौं — गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। विवादित एक व्यवसायीसँग साझेदारी गरेको र सेयर कारोबारमा संलग्न भएको विषय सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भइरहेको थियो। त्यसपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन्।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामाको जानकारी दिएका छन्। उनले आफूविरुद्ध उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

उनले लेखेका छन् कि, “म सुदन गुरुङ, २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको छु। पछिल्ला दिनमा मेरो सेयर लगायतका विषयमा उठेका प्रश्न र टिप्पणीलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा नैतिकता ठूलो हो, र जनविश्वासभन्दा शक्तिशाली अरू केही हुँदैन।”

उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढ्दै गएको उल्लेख गर्दै हालको जेनजी आन्दोलनले पनि यस्तै सन्देश दिएको बताएका छन्। उनका अनुसार सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ र नेतृत्व जिम्मेवार हुनुपर्छ।

गुरुङले आफूमाथि उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने माग पनि गरेका छन्। पदमा रहँदा छानबिन गर्दा स्वार्थको द्वन्द्व नहोस् भन्ने सोचले आफूले राजीनामा दिएको उनले बताएका छन्।

उनले भनेका छन्, “सरकार जनताको बलिदानीबाट बनेको हो, त्यसैले यसमाथि प्रश्न उठ्दा त्यसको जवाफ नैतिकताबाट दिनुपर्छ। यही कारणले मैले आजैदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको हुँ।”

उनले आफूले नैतिक जिम्मेवारी पूरा गरेको पनि बताएका छन्। साथै, सञ्चारकर्मी र आम नागरिकलाई सन्देश दिँदै सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन्। उनले केही मिडियाकर्मीहरू पनि विवादमा आउन सक्ने संकेत गर्दै, परिवर्तन चाहनेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्रीको हातमा

गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्रीको हातमा

९ वैशाख, काठमाडौं — गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय अहिलेका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै आ...
सेयर कारोबार विवादले गयो गृहमन्त्रीको पद

सेयर कारोबार विवादले गयो गृहमन्त्रीको पद

९ वैशाख, काठमाडौं — गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। विवादित एक व्यवसायीसँग साझेदारी गरेको र सेयर कारोबारमा...
दुई दिनसम्म भिटामिन ‘ए’ र जुकाको औषधि वितरण

दुई दिनसम्म भिटामिन ‘ए’ र जुकाको औषधि वितरण

६ वैशाख, काठमाडौं — सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ ...
अब जोसुकैले दिन सक्छ योजना, रास्वपाको नयाँ घोषणा

अब जोसुकैले दिन सक्छ योजना, रास्वपाको नयाँ घोषणा

६ वैशाख, काठमाडौं — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक सार्वजनिक रूपमा विज्ञ र योजनाहरू आह्वान गर्ने तयारी...