गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्रीको हातमा

गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्रीको हातमा

९ वैशाख, काठमाडौं — गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय अहिलेका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै आफ्नो जिम्मेवारीमा राख्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार गृहमन्त्रीले भर्खरै राजीनामा बुझाएपछि उक्त मन्त्रालय रिक्त भएको हो। अहिलेको अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि प्रधानमन्त्री शाहले नै गृह मन्त्रालय सम्हाल्ने निर्णय गरिएको हो। दाहालले भनिन्, “गृहमन्त्रीज्यूले केही बेर अघि प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिनुभएको छ। त्यसैले अहिलेका लागि गृह मन्त्रालय प्रधानमन्त्रीज्यूकै मातहतमा रहनेछ।”
Read More
सेयर कारोबार विवादले गयो गृहमन्त्रीको पद

सेयर कारोबार विवादले गयो गृहमन्त्रीको पद

९ वैशाख, काठमाडौं — गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। विवादित एक व्यवसायीसँग साझेदारी गरेको र सेयर कारोबारमा संलग्न भएको विषय सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भइरहेको थियो। त्यसपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन्। गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामाको जानकारी दिएका छन्। उनले आफूविरुद्ध उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले लेखेका छन् कि, “म सुदन गुरुङ, २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको छु। पछिल्ला दिनमा मेरो सेयर लगायतका विषयमा उठेका प्रश्न र टिप्पणीलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा नैतिकता ठूलो हो, र जनविश्वासभन्दा शक्तिशाली…
Read More