राजनीतिक दबाबबीच त्रिवि नेतृत्वको राजीनामा

१६ वैशाख, काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उच्च पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् र उक्त पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका छन्। साथै कुलपति तथा प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारलाई पनि ह्वाट्सएपमार्फत जानकारी गराइएको छ।

शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीका अनुसार उनीहरूले राजीनामा दिई प्रधानमन्त्री कार्यालयमा पत्र पठाइसकेका छन्।

राजीनामा दिनेमा उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल रहेका छन्। उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो निर्णय लिएको बताएका छन्।

उपकुलपति अर्याल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका थिए। यसअघि प्रा.डा. केशरजंग बरालले पद छोडेपछि अर्याल २०८२ असार २५ गते उपकुलपति बनेका थिए।

त्यसैगरी शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा नियुक्त भएका थिए। तत्कालीन उपकुलपति बरालको सिफारिसमा २०८० चैत ३० गते उनीहरू नियुक्त भएका थिए। त्रिविका पदाधिकारीहरूको कार्यकाल सामान्यतः ४ वर्षको हुन्छ।

तर हालको राजनीतिक परिस्थितिमा, विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक नियुक्तिहरूले पद छोड्नुपर्ने धारणा राखेपछि दबाब बढेको थियो। सरकारले अध्यादेश ल्याउने तयारी गरेसँगै पदाधिकारीहरूले राजीनामा दिने निर्णय गरेका हुन्।

१४ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको थियो, जसबारे हाल राष्ट्रपतिले अध्ययन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

राजनीतिक दबाबबीच त्रिवि नेतृत्वको राजीनामा

राजनीतिक दबाबबीच त्रिवि नेतृत्वको राजीनामा

१६ वैशाख, काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उच्च पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् र उक्त पत्र प्रधानमन्त्...
संसद् रोकेर अध्यादेश ल्याउँदा विवाद, विपक्षीको कडा आपत्ति

संसद् रोकेर अध्यादेश ल्याउँदा विवाद, विपक्षीको कडा आपत्ति

१६ वैशाख, काठमाडौं — सरकारले संसद् अधिवेशन रोकिएको अवस्थामा एकै पटक ६ वटा अध्यादेश सिफारिस गरेपछि राजनीतिक र कानुनी क्षेत्रमा चर्च...
सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनविरुद्ध सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनविरुद्ध सर्वोच्चमा सुनुवाइ हुँदै

१६ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीमाथि लागेको सम्पत्ति शुद्धीकरण र स...
इरान तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

इरान तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

१६ वैशाख, काठमाडौं — अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि बढेको अन्तर्राष्ट्रिय तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयत...