२३ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि बैठक तय गरेका हुन्।
उनको सचिवालयका अनुसार बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
कांग्रेस सांसद गीता गुरुङका अनुसार बैठकमा सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुमबासी सम्बन्धी विषयमा छलफल गरिनेछ।



