२२ वैशाख, काठमाडौं — सरकारले संघीय संसद्का दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
उनका अनुसार वैशाख २८ गते दिउँसो २ बजेका लागि अधिवेशन बोलाउन प्रस्ताव गरिएको छ।



