२२ वैशाख, काठमाडौं — स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी र आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो।
हाल स्मार्ट टेलिकम सञ्चालनमा छैन। नवीकरण प्रक्रिया पूरा नगरेका कारण २०८० वैशाख ३ गतेदेखि कम्पनीको अनुमति पत्र स्वतः खारेज भएको थियो।
त्यसपछि उक्त कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो। तर ती सम्पत्तिसम्बन्धी काममा अनियमितता गरी सरकारको हितमा क्षति पुर्याएको आरोप जोशीमाथि लागेको छ।



