एकैपटक १७ सांसद चीन भ्रमणमा

२ पुष, काठमाण्डौं  — चिनियाँ जनकङ्ग्रेसको निमन्त्रणामा सोमबार एकैपटक १७ सांसद चीन भ्रमणमा निस्किएका छन् ।

चिनियाँ जनकङ्ग्रेसको निमन्त्रणा, वाणिज्य मन्त्रालय चीनको संयोजन र एकेडेमी फर इन्टरनेशनल बिजनेस अफिसियलको आयोजनामा पुस ४ गतेदेखि १३ गतेसम्म चीनको राजधानी बेइजिङमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन १७ सांसद सहित ३ कर्मचारी चीन लागेका हुन ।

माओवादी संसदीय दलका नेता हितराज पाण्डेको नेतृत्वमा एयर चाइनाको विमानबाट सांसदहरूको टोली चाइना उडेको हो । चीन भ्रमणमा जाने टोलीमा सांसद पाण्डेको साथमा प्रतिनिधिसभाका सांसदहरू सरस्वती वजिमय, कुसुमदेवी थापा, युवराज शर्मा, दामोदर पौडेल वैरागी, मानवीर राई, रुकमणि राना बराइली, रामनाथ अधिकारी, नारायणी शर्मा, जगप्रसाद शर्मा, मेटमणि चौधरी, सन्तोष परियार, प्रकाश अधिकारी, ऐनबहादुर शाही रहेका छन् ।

यस्तै राष्ट्रियसभा सदस्यहरूमा भगवती न्यौपाने र जगप्रसाद शर्मा रहेका छन् । यता कर्मचारीतर्फ सङ्घीय संसद्का सचिव सुदर्शन खड्का, प्रधानमन्त्रीमा प्रेस विज्ञ शेखर अधिकारी र शाखा अधिकारी जीवनकुमार निरौला रहेका छन् ।

उनीहरू १० दिन चीनले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...
गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ। धुम्बाराहीस्थित हो...
क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिन...
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...