कृषिप्रधान मुलुकको आधा जनसंख्या आफूले उत्पादन गरेको कृषिउपजले छ महिना बाँच्न सक्दैनन् : कांग्रेस महामन्त्री गगनकुमार थापा

६ पुस, उदयपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले समानुपातिक निर्वाचन प्रणालीको विरोध भइरहेको भन्दै समावेशी नेपालका लागि मिश्रित निर्वाचन प्रणालीको विकल्प नभएको बताएका छन् ।

शुक्रबार कटारीमा उदयपुर कांग्रेसको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले मिश्रित समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको, तर नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने चलन नचाहिएको बताए ।

‘हामीले समाज जस्तो छ, संसद्लाई पनि त्यस्तै बनाउने परिकल्पना गरेका हौँ, त्यसैका लागि समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो,’ उनले भने, ‘तर यो समानुपातिक प्रणालीमा नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने होइन, यस्तो अभ्यासलाई हामीले स्वीकार्न सकिँदैन ।’

महामन्त्री थापाले अहिले तीन वटै तहका सरकारले नागरिकले अनुभूत गर्ने गरी परिणाम दिनुपर्ने बताए । ‘तलदेखि माथिसम्म नेपाली कांग्रेसको सरकार छ । तर कसैसँग पनि जनता खुसी हुन सकेको देखिँदैन,’ उनले भने, ‘अहिले तीन वटै तहका सरकारले नागरिकले अनुभूत गर्ने गरी परिणाम दिनुपर्छ, जनताले मन्त्रीबाट भाषण होइन, परिणाम खोजेका छन् ।’

उनले कृषिप्रधान मुलुक नेपालको आधा जनसंख्या आफूले उत्पादन गरेको कृषिउपजले छ महिना बाँच्न नसक्ने अवस्थामा रहेको भन्दै देशमा ठूलो संख्यामा रोजगारीको सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

जनता भ्रष्टाचार र कुशासनबाट दिक्क बनेको भन्दै उनले ०४६ सालपछि अहिलेसम्म पदमा बसेर अनियमितता गर्नेहरूको सम्पत्ति छानविन गर्नुपर्ने बताए । ‘अहिले संसद्मा एउटा ऐन छलफलमा छ । ०४६ सालपछि पदमा बसेको, जो–जो हो, जसले अकुत सम्पत्ति कुम्ल्याएर बसेको छ, त्यस्तो व्यक्तिको सम्पत्ति छानविन हुनुपर्छ भनेर मैले आफैँ एउटा शक्तिशाली आयोग गठन गर्न प्रस्ताव लगेको छु,’ थापाले भने।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...
गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ। धुम्बाराहीस्थित हो...
क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिन...
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...