रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालको माग

२६ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए ।
‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा श्रेष्ठको राय एउटै छ । राजीनामा दिने कि नदिने कुरामात्रै उहाँहरूको राय माझिएको हो । सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्ने नजिर स्थापित गरेको छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा ढकालले भने ।

उनले सहकारी ठगीसम्बन्धी जाहेरी कतै नपरेको रवि लामिछानेको दाबी अदालतले गलत सावित गरेको बताए । पार्टीको भविष्य जोडिएकाले उनले पासपोर्ट प्रकरणमा पनि लामिछानेमाथि छानबिन हुनुपर्ने बताए ।

‘रवि लामिछानेमाथि कुनै जाहेरी नपरेको कुरा सर्वोच्चले गलत सावित गरेको छ । त्यसैले पार्टीले पनि तत्काल रवि लामिछानेविरुद्ध छानबिन गर्नुपर्छ । पासपोर्टको सबालमा पनि छानबिन गर्नुपर्छ । त्यसमा कहिल्यै चुनाव लड्न नमिल्ने कुरा पार्टीसँग सम्बन्धित भएकाले पार्टीको भविष्य जोडिएको छ । पार्टीलाई जोगाउनु पनि पर्नेछ,’ उनले भने ।

उनले त्यो छानबिन रवि क्लबबाट नभएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुपर्ने बताए । समितिमा पनि रवि क्लबबाहेक मानिसहरू राख्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

अध्यादेश फिर्ता लिन सरकारलाई प्रतिपक्षीको माग

अध्यादेश फिर्ता लिन सरकारलाई प्रतिपक्षीको माग

१६ वैशाख, काठमाडौं — प्रमुख प्रतिपक्षीसहितका विभिन्न प्रतिपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू जारी नगर्न आग्रह...
सरकारको आलोचना बीच रास्वपाको सांसद बैठक

सरकारको आलोचना बीच रास्वपाको सांसद बैठक

१६ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार आफ्ना सांसदहरूसँग अनौपचारिक बैठक गर्न लागेको छ। पार्टीका सभापत...
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको नयाँ पहल

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको नयाँ पहल

१६ वैशाख, काठमाडौं — नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। हालसम्म...
बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...