बुधबार रातिदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

२६ असार, काठमाडौं – मौसम पूर्मानुमान महाशाखाले असार २६ गते बुधबार देखि आगामी असार २९ गते शनिबार सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण सिमाना आसपास) छ । आज बुधबार रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना छ ।

भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना छ । यी दुवै प्रणालीहरूको प्रभावका कारण नेपालमा मनसुन शनिबार बिहानसम्म सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोसी प्रदेशका १३ जिल्ला, मधेसका आठ जिल्ला, वाग्मतीका सात जिल्ला, गण्डकीमा नौ जिल्ला र  लुम्बिनीका ६ जिल्लालाई उच्च जोखिममा राखेको छ ।

महाशाखाले जारी गरेको मनसनु विशेष बुलेटिनमा बुधबार रातिदेखि शनिबार बिहानसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

अध्यादेश फिर्ता लिन सरकारलाई प्रतिपक्षीको माग

अध्यादेश फिर्ता लिन सरकारलाई प्रतिपक्षीको माग

१६ वैशाख, काठमाडौं — प्रमुख प्रतिपक्षीसहितका विभिन्न प्रतिपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू जारी नगर्न आग्रह...
सरकारको आलोचना बीच रास्वपाको सांसद बैठक

सरकारको आलोचना बीच रास्वपाको सांसद बैठक

१६ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार आफ्ना सांसदहरूसँग अनौपचारिक बैठक गर्न लागेको छ। पार्टीका सभापत...
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको नयाँ पहल

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको नयाँ पहल

१६ वैशाख, काठमाडौं — नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। हालसम्म...
बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...