२०८३ जेष्ठ १
२०८३ जेष्ठ १
१ जेठ, काठमाडौं — नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अद्यावधिक कार्य आगामी २१ दिनभित्र पूरा गर्ने निर्णय गरेको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको कांग्रेस सदस्यता व्यवस्थापन समितिको बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले जेठ २१ गतेभित्र सदस्यता वितरण, नवीकरण र अद्यावधिकको काम अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको हो। महामन्त्री पौडेलले कांग्रेसको क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल बनाउँदै पार्टीलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको दल बनाउने उद्देश्यले विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जानकारी दिए। उनका अनुसार प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि नेपाली कांग्रेसको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’…