केशरमहलबाट सम्पत्ति जाँचबुझ आयोगको काम अघि बढ्दै

केशरमहलबाट सम्पत्ति जाँचबुझ आयोगको काम अघि बढ्दै

२९ वैशाख, काठमाडौं — नारायणहिटी दरबार संग्रहालय नजिक रहेको केशरमहलमा कार्यालय स्थापना गरेको सम्पत्ति जाँचबुझ आयोगले सार्वजनिक पदाधिकारीहरुको सम्पत्ति विवरण संकलन गर्ने काम सुरु गर्ने तयारी गरेको छ । आयोगले आफ्नै वेबसाइट निर्माण गरेर छानबिनको दायरामा परेका व्यक्तिहरूबाट अनलाइनमार्फत सम्पत्ति विवरण संकलन गर्ने योजना बनाएको जनाएको छ । आयोगका अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीका अनुसार सम्बन्धित व्यक्तिहरूले वेबसाइटमै आफ्नो सम्पत्ति विवरण पेश गर्न सक्ने व्यवस्था मिलाइँदैछ । आयोगलाई बहालवाला राष्ट्रपति, पूर्वराष्ट्रपति, न्यायाधीश तथा सैनिक अधिकारी बाहेक सहसचिव तहसम्मका कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिइएको छ । आयोगले पहिलो चरणमा २०८३ सालदेखि २०६२/६३ सालसम्मका सार्वजनिक पदाधिकारीहरुको सम्पत्ति अनुसन्धान गर्ने…
Read More
प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न प्रस्ताव पेश हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न प्रस्ताव पेश हुने

२९ वैशाख, काठमाडौं — प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल सरकार र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहयोग सम्बन्धी सम्झौता संसद्मा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री स्वर्णीम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम रहेको छ ।
Read More
‘एउटा फाइल गलत गरेको प्रमाणित भए राजनीति त्याग्छु’ : जगदीश खरेल

‘एउटा फाइल गलत गरेको प्रमाणित भए राजनीति त्याग्छु’ : जगदीश खरेल

२८ वैशाख, काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले उक्त प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति नै छाड्न तयार रहेको बताएका हुन् । खरेलले आफूलाई जोडेर प्रकाशित समाचारहरू भ्रामक, आधारहीन र नियोजित भएको दाबी गरे । उनले आफ्नो र पार्टीको छवि बिगार्ने उद्देश्यले यस्ता समाचार फैलाइएको आरोप लगाए । उनले सञ्चारमन्त्री रहँदा स्मार्ट टेलिकमका प्रतिनिधिसँग एक पटक पनि बैठक नगरेको स्पष्ट पारे । ‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर स्विजरल्याण्ड भागेको भन्ने समाचार अत्यन्तै निरर्थक…
Read More
एसईई परीक्षाफल आज साँझ वा भोलिसम्म सार्वजनिक हुने

एसईई परीक्षाफल आज साँझ वा भोलिसम्म सार्वजनिक हुने

२८ वैशाख, काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तर्गत प्राविधिक परीक्षण सुरु गरेको छ । परीक्षण सफल भएमा आज साँझसम्म नतिजा प्रकाशित गर्न सकिने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार अहिले प्राविधिक परीक्षण र आवश्यक छलफल भइरहेको छ । कुनै समस्या नआए आजै साँझ नतिजा सार्वजनिक हुन सक्छ, अन्यथा भोलिसम्ममा प्रकाशित गरिने तयारी रहेको उनले बताए । उनले सानो प्राविधिक समस्या आएमा नतिजा सार्वजनिक प्रक्रिया केही समयका लागि रोक्नुपर्ने अवस्था आउन सक्ने पनि उल्लेख गरे । यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन…
Read More
एमालेको समीक्षा बैठक बोलाउन भण्डारीको ओलीलाई सुझाव

एमालेको समीक्षा बैठक बोलाउन भण्डारीको ओलीलाई सुझाव

२८ वैशाख, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक छलफल गरेकी छन् । स्रोतका अनुसार भण्डारी आइतबार दिउँसो १ बजे गुन्डु पुगेर ओलीसँग दुई घण्टाभन्दा बढी समय सम्वादमा बसेकी थिइन् । स्वास्थ्य अवस्था बुझ्न पुगेकी उनले एमालेको आन्तरिक राजनीतिबारे पनि सुझाव दिएको बताइएको छ । भण्डारी निकट स्रोतका अनुसार उनले पार्टीभित्र पदाधिकारीदेखि कार्यकर्तासम्मले निर्वाचन समीक्षा बैठकको माग गरिरहेको भए पनि हालसम्म बैठक नबोलाइएको विषय उठाएकी थिइन् । उनले समीक्षा बैठक गर्न ढिलाइ नगर्न ओलीलाई सुझाव दिएकी बताइएको छ । ‘कार्यकर्तामा निराशा बढ्दै गएको छ, धेरै समय अन्योलमा राख्नु हुँदैन,’ भन्दै भण्डारीले बैठक चाँडै बोलाउन…
Read More
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

२८ वैशाख, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक बिहान साढे १० बजे बस्ने तय गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ । सरकारको नीति तथा कार्यक्रम आजै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
Read More
अवतरणकै बेला टर्किस विमानमा आगलागी, यात्रुको आपत्कालीन उद्धार

अवतरणकै बेला टर्किस विमानमा आगलागी, यात्रुको आपत्कालीन उद्धार

२८ वैशाख, काठमाडौं — काठमाडौंमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएको छ । आगो अहिले दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा रहेका सबै यात्रु सुरक्षित छन् । यात्रुहरुलाई आपत्कालीन ढोका खोलेर बाहिर निकालिएको थियो । विमानमा चार बालबालिकासहित २७७ जना यात्रु सवार रहेका थिए । आगो लागेपछि उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् । विमानमा केही शव र यात्रुका सामान पनि रहेको बताइएको छ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको TK726 विमान आज बिहान करिब पौने सात बजे अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो…
Read More
सत्य र व्यावसायिकताको मार्गमा लाग्न राष्ट्रपतिको आग्रह

सत्य र व्यावसायिकताको मार्गमा लाग्न राष्ट्रपतिको आग्रह

२४ वैशाख, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन र नागरिकको सही सूचना पाउने अधिकार सुरक्षित गर्न जिम्मेवार तथा मर्यादित पत्रकारिता आवश्यक रहेको बताएका छन्। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। वि.सं. १९५८ मा गोरखापत्र प्रकाशन सुरु भएको दिनको सम्झनामा मनाइने २४ वैशाखका अवसरमा राष्ट्रपतिले देशभरका पत्रकार तथा सञ्चारकर्मीलाई शुभकामना दिएका छन्। कार्यक्रममा उनले ‘वरिष्ठ पत्रकार सम्मान’ र ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्राप्त पत्रकारहरूलाई सम्मान गर्दै पत्रकारितामा उनीहरूले दिएको योगदानको प्रशंसा गरेका छन्। राष्ट्रपतिले अग्रज पत्रकारहरूको मेहनत र समर्पणले नयाँ पुस्तालाई सत्य, व्यावसायिकता र नैतिकताको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका…
Read More
स्मार्ट टेलिकम प्रकरणमा खरेलको स्पष्टीकरण

स्मार्ट टेलिकम प्रकरणमा खरेलको स्पष्टीकरण

२४ वैशाख, काठमाडौं — पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै गल्ती नगरेको र त्यसैले कुनै डर नभएको बताएका छन्। सञ्चारमन्त्री रहेका बेला स्मार्ट टेलिकमसँग सम्बन्धित अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपसहित विभिन्न समाचार सार्वजनिक भएका थिए। तर खरेलले ती आरोप असत्य भएको दाबी गर्दै आफ्ना समर्थक र शुभेच्छुकलाई भ्रममा नपर्न आग्रह गरेका छन्। उनले सत्य लुकाउन नसकिने भन्दै आफ्नो इमानदारी नै आफ्नो बल भएको उल्लेख गरेका छन्। सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका खरेल हाल रास्वपाबाट ललितपुर–२ क्षेत्रका निर्वाचित सांसद…
Read More
विदेश उपचार खर्चबारे पूर्वविशिष्टविरुद्ध सर्वोच्चमा रिट

विदेश उपचार खर्चबारे पूर्वविशिष्टविरुद्ध सर्वोच्चमा रिट

२४ वैशाख, काठमाडौं — पूर्वराष्ट्रपति डा. रामवरण यादवसहित केही पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा खर्च लिएको आरोपसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। सरोज न्यौपानेले बिहीबार दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ। रिटमा विदेश उपचार खर्च राज्यले व्यहोर्ने स्पष्ट कानुनी व्यवस्था नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयमार्फत उपचार खर्च उपलब्ध गराइएको उल्लेख गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तय गरिएको छ। यसअघि पनि पूर्वपदाधिकारीहरूले नेपालमै उपचार सम्भव हुँदाहुँदै विदेशमा उपचार गराउने र त्यसको खर्च सरकारले व्यहोर्ने अभ्यास हुँदै…
Read More