रवि लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै क्लिन चिट पाएको हल्ला गर्नु अनुचित: नेकपा एमालेका महासचिव शंकर पोख्रेल

५ असोज, दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित नभएको बताएका छन ।

प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन ।

‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले,’ उनले भने, ‘सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ ।

त्यस्तै उनले लामिछानेले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा बिना लगानी शेयर लिएर भ्रष्टाचार गरेको दाबी गरे ।

‘गोरखा मिडिया प्रा.लिमा रवि लामिछानेले बिना लगानी शेयर लिएको स्विकार गरेका छन् । रवि लामिछानेको भनाई मान्ने हो भने बिना लगानीको साझेदारी प्राप्त गर्नु भएको हो । त्यहि अन्य राजनीतिक दलले गरेको भए के गर्थे ? आफूले लगानी नै नगर्ने तर १५ प्रतिशत शेयर प्राप्त गर्ने !’ पोखरेलले भने, ‘बिना लगानी हिस्सेदारी/ साझेदार बन्ने पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’

बिना लगानी शेयर पाउने कुरा अनैतिक भएको उनको टिप्पणी छ । लामिछानेले सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए । सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको उनको भनाई छ । ‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो ।’ पोखरेलले भने,‘ रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

खड्काको रिटमा सुनुवाइ जारी, आज शर्माको पालो

खड्काको रिटमा सुनुवाइ जारी, आज शर्माको पालो

४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा विपक्षी ...
कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

३ वैशाख, काठमाडौं — थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसोबास गरिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी ...
बालेनको नेतृत्वमा मुख्यमन्त्रीहरूसँग पहिलो समन्वय बैठक

बालेनको नेतृत्वमा मुख्यमन्त्रीहरूसँग पहिलो समन्वय बैठक

३ वैशाख, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जिम्मेवारी सम्हालेपछि पहिलोपटक आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बै...
कार्की आयोग प्रतिवेदनबारे आज कांग्रेसको निर्णायक छलफल

कार्की आयोग प्रतिवेदनबारे आज कांग्रेसको निर्णायक छलफल

२ वैशाख, काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी सभापति गगन थापाको अध्यक्षतामा सानेपा...