विश्वकप २०२६: मेसीले थपे नयाँ कीर्तिमान, गोल्डेन बुट दौडमा अग्रता

विश्वकप २०२६: मेसीले थपे नयाँ कीर्तिमान, गोल्डेन बुट दौडमा अग्रता

१४ असार, काठमाडौं — फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा सोमबार बिहान समूह चरणका सबै खेल सम्पन्न भएका हुन्। समूह चरणमा मेसीसँगै क्यानाडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले पनि ह्याट्रिक गरेका छन्। मेसीले समूह जे अन्तर्गतको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। जोर्डनविरुद्धको तेस्रो खेलमा भने बेन्चबाट मैदान प्रवेश गरेका मेसीले दोस्रो हाफमा गोल गरे। यस विश्वकपमा उनले ६ गोल…
Read More
फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

११ असार, काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफाले बुधबार एन्फाका महासचिव किरण राईलाई इमेलमार्फत पत्र पठाएर निलम्बनबारे जानकारी गराएको हो। फिफाले निलम्बनको निर्णयसँगै त्यसका कारणहरू पनि उल्लेख गरेको छ। पत्रमा एन्फाको मामिलामा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको र सदस्य संघका रूपमा पूरा गर्नुपर्ने दायित्वको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालिएको उल्लेख छ। फिफाका अनुसार यस्ता परिस्थितिहरू फिफा विधानको धारा १४ को उपधारा १(आई) र ३ तथा धारा १६(१) विपरीत भएकाले फिफा काउन्सिल ब्युरोले जुन २४, २०२६ मा एन्फालाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि केही…
Read More
मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

काठमाडौं, असार १० — ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कंगोलाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। लगातार दोस्रो जित हासिल गरेको कोलम्बियाले ६ अंकसहित समूहको शीर्ष स्थानमा आफूलाई बलियो बनाएको छ। यसअघि उसले उद्घाटन खेलमा उज्वेकिस्तानलाई ३–१ ले हराएको थियो। मेक्सिकोको ग्वाडालाहारास्थित मैदानमा भएको प्रतिस्पर्धामा कोलम्बियाले सुरुदेखि नै खेल नियन्त्रणमा राखे पनि गोलका लागि लामो समय प्रतीक्षा गर्नुपरेको थियो। डिआर कंगोका गोलरक्षक लियोनल एमपासीले पहिलो हाफमा लगातार उत्कृष्ट बचाउ गरेपछि कोलम्बिया गोलविहीन बनेको थियो। खेलको ७६औँ मिनेटमा जुआन क्वाटेरोको पासमा मुनोजले गोल गर्दै कोलम्बियालाई अग्रता…
Read More
नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

काठमाडौं, असार ९ — नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्डले विश्वकपमा देशको प्रतिनिधित्व गर्दै गोल गर्न पाउनु आफ्नो करिअरकै विशेष अनुभवमध्ये एक भएको बताएका छन्। सेनेगलविरुद्धको जितसँगै नर्वे नकआउट चरणमा पुगेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै हाल्यान्डले टोलीको सफलताप्रति खुशी व्यक्त गरे। उनले उक्त खेललाई सम्झनलायक रातको रूपमा वर्णन गर्दै त्यसको हिस्सा बन्न पाउँदा गर्व लागेको बताए। ‘यो साँच्चै विशेष क्षण हो। टोलीको प्रदर्शन र नतिजाले म निकै खुशी छु। यस्तो सफलताको हिस्सा बन्न पाउँदा गर्व महसुस भइरहेको छ,’ उनले भने। विश्वकपको पहिलो खेलमै दुई गोल गरेका हाल्यान्डले दोस्रो खेलमा पनि समान प्रदर्शन दोहोर्याउँदै थप दुई गोल गरेका छन्। लगातार दुई खेलमा चार…
Read More
९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

काठमाडौं, असार ८ — विश्वकप फुटबलमा इजिप्टले आफ्नो इतिहासकै पहिलो जित दर्ता गरेको छ। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले ९२ वर्षपछि प्रतियोगितामा विजयको स्वाद चाख्दै न्युजिल्याण्डलाई ३–१ ले हराएको हो। यस जितसँगै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ भने नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ। खेलमा सुरुआती अग्रता भने न्युजिल्याण्डले लिएको थियो। १५औं मिनेटमा टिम पेनको कर्नरमा फिन सुरम्यानले हेडमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गर्‍यो। प्रशिक्षक होसाम हसानले रणनीतिमा परिवर्तन गरेपछि इजिप्टको खेलमा सुधार देखिएको थियो। ५८औं मिनेटमा मोहम्मद…
Read More
लामो वार्तापछि अमेरिका–इरान संवाद अघि बढाउने सहमति

लामो वार्तापछि अमेरिका–इरान संवाद अघि बढाउने सहमति

काठमाडौं, असार ८ — अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच स्विट्जरल्यान्डमा १८ घण्टाभन्दा बढी समयसम्म वार्ता भएको छ। दुवै देशबीचको आणविक कार्यक्रम, बाँकी रहेका विवादित विषय तथा क्षेत्रीय सुरक्षाका सवालमा केन्द्रित छलफल सकारात्मक रहेको बताइएको छ। अमेरिकी सञ्चारमाध्यम एक्सियसका अनुसार लेक लुसर्न क्षेत्रमा सम्पन्न वार्तामा अन्तिम समझदारीतर्फ अघि बढ्न सकिने आधार तयार गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो। वार्तामा आगामी चरणका राजनीतिक र प्राविधिक संवादलाई निरन्तरता दिने विषयमा पनि सहमति जुटेको जनाइएको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने विशेष दूत स्टिभ विटकोफलगायत अधिकारी सहभागी थिए। इरानका तर्फबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराग्चीसहितको प्रतिनिधिमण्डल…
Read More
परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन जाँदै

२९ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गतेदेखि चारदिने चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री खनालको भ्रमण जेठ ३१ देखि असार ३ गतेसम्म रहनेछ। उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन जान लागेका हुन्। मन्त्रालयका अनुसार भ्रमणका क्रममा बेइजिङमा परराष्ट्रमन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विविध विषयमा सहकार्यका सम्भावनाबारे छलफल हुने जनाइएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय पदाधिकारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। यसैगरी, नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली…
Read More
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, ‘उठेका सबै विषयमा संवाद हुन्छ’

२२ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयले यसअघि नै सार्वजनिक गरेको कार्यतालिकाअनुसार खनाल भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहेका छन्। भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नेपालका प्राथमिकताका विषयमा भारतसँग खुला संवाद हुने बताएका छन्। ‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं। अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौं,’ उनले भने। भ्रमणका क्रममा नयाँदिल्लीमा परराष्ट्रमन्त्री खनाल र उनका भारतीय समकक्षी जयशङ्करबीच औपचारिक द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्धका पारस्परिक हितसँग सम्बन्धित विविध विषयमा…
Read More
भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा दुवै देशको साझा हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको जनाइएको छ। भेटवार्ताका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। भारत भ्रमणमा रहेका लामिछानेलाई सोमबार भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा स्वागत गरिएको थियो। भाजपा अध्यक्ष नितिन नवीनले उनको स्वागत गरेका थिए। मंगलबार नै लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भाजपाको निमन्त्रणामा रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते पाँचदिने भारत भ्रमणका लागि गएको हो। प्रतिनिधिमण्डलमा लामिछानेकी पत्नी…
Read More
विश्वासको वातावरण बनाएर सीमा विवाद टुंग्याउनुपर्छ : रवि लामिछाने

विश्वासको वातावरण बनाएर सीमा विवाद टुंग्याउनुपर्छ : रवि लामिछाने

१९ जेठ, काठमाडौं — भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। सीमा विवादजस्ता विषयलाई अनिश्चितकालसम्म लम्ब्याउनु दुवै देशका लागि हितकर नहुने उनको भनाइ छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा मंगलबार प्रकाशित लेखमा लामिछानेले चुनावी लाभका लागि उग्र राष्ट्रवादी भावना भड्काउने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन्। उनले ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने धारणा राखेका छन्। ‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौं। हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,’ उनले लेखमा उल्लेख गरेका छन्। लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक तथा भूराजनीतिक विवादको घेराबाट…
Read More