आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित 

आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित 

१ असार, काठमाडौं - आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध  जित निकाल्नबाट नेपाल एक रनले चुकेको छ । शनिबार वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो । नेपाल पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध जित नजिक पुगे पनि एक रनले निराश बनेपछि नतिजाबाट चुकेको हो । खेलको १७.२ ओभरमा ९९–३ को अवस्थाबाट १८.२ ओभरमा पुग्दा नेपालले ६ विकेट गुमाएपछि दबाब थपिएको थियो । १९औँ ओभरको चार बलसम्म एक विकेट गुमाए पनि नेपालले रन जोड्न सकेको थिएन । तर, पाँचौं बलमा सोमपाल कामीले…
Read More