सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा मेघराज पोखरेल निर्वाचित

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा मेघराज पोखरेल निर्वाचित

२० पुस, काठमाडौं – सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा पोखरेलले ३६८ मत ल्याएर अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। अध्यक्षका अन्य प्रत्याशीहरूमा वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत र अधिवक्ता प्रेमसिंह धामीले १५ मत प्राप्त गरेका थिए। अन्य पदाधिकारीको निर्वाचन परिणाम उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत निर्वाचित भएका छन्। सचिव पदमा अधिवक्ता रमणकुमार कर्ण विजयी हुँदा सहसचिवमा अधिवक्ता पुन्देवी महर्जन सुजना निर्वाचित भइन्। कोषाध्यक्ष पदमा अधिवक्ता रामचन्द्र पौडेलले जीत हासिल गरेका छन् भने महिला सदस्य पदमा शशी बस्नेत निर्वाचित भएकी छन्। सदस्य पदमा निर्वाचित अधिवक्ताहरू सदस्यतर्फ दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार…
Read More
नेकपा महासचिव विप्लवद्वारा देशको नेतृत्व गर्ने आकांक्षा व्यक्त

नेकपा महासचिव विप्लवद्वारा देशको नेतृत्व गर्ने आकांक्षा व्यक्त

२० पुस, काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकको सेवा र जनताको हितका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेकपाको लक्ष्य आफ्ना सेवा-सुविधाका लागि नभई मुलुकको समृद्धि र विदेशी हस्तक्षेपको प्रतिरोधका लागि भएको स्पष्ट पारे। "देश र जनताको सेवाका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्नुपर्छ," उनले भने। विप्लवले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिहरूका विरुद्ध सशक्त रूपमा उभिने स्पष्ट दृष्टिकोण नेकपाले राख्ने बताए। उनले क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको प्रक्रिया अब नरोकिने दाबी गर्दै देशको नेतृत्वमा पुग्नका लागि यो प्रक्रिया निर्णायक हुने धारणा राखे। माओवादी घटकहरूको…
Read More
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने

२० पुस, काठमाडौं –नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने भएका छन् । उनले यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग, व्यापार तथा वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् । -रासस
Read More
अध्यक्ष दाहालद्वारा राजनीतिक स्वच्छता र संवादका लागि जोड

अध्यक्ष दाहालद्वारा राजनीतिक स्वच्छता र संवादका लागि जोड

२० पुस, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको जटिल परिस्थितिलाई समाधान गर्न सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम गर्न जरुरी रहेको बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको वर्तमान स्थिति गम्भीर र जटिल रहेको बताउँदै राजनीतिक नेतृत्वले स्वच्छता, निष्ठा, र राम्रो नियतसहित काम नगरे सबैतिर नकारात्मक असर पर्ने चेतावनी दिए। "राजनीति सबै नीतिहरूको राजा हो। यदि राजनीति सफा भएन भने यसको प्रभाव हरेक क्षेत्रमा देखिन्छ," दाहालले भने, "राजनीतिक तहमा देखिएको समस्याको समाधानका लागि हामीले संवाद र स्वच्छता कायम गर्नैपर्छ।" उनले सत्ता र प्रतिपक्षबीच संवाद रोकिएको वर्तमान अवस्थाप्रति…
Read More
नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको छ: प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको छ: प्रधानमन्त्री केपी शर्मा ओली

२० पुस, सोलुखुम्बु – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने समस्या बढ्दै गएको भन्दै यसले जलवायु परिवर्तनको गम्भीर असरलाई उजागर गरेको बताएका छन् । लुक्लामुनि सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले हिमाली क्षेत्र र त्यहाँ बसोबास गर्ने समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरे। उनले यस संवेदनशील विषयमा आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएको र जलवायु न्यायको माग गरेको जानकारी गराए। प्रधानमन्त्रीले नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको बताउँदै जलवायु न्यायका लागि सबै राष्ट्रहरूको साझा प्रयास आवश्यक रहेकोमा जोड…
Read More
प्रधानमन्त्री ओलीको सचिवहरूप्रति असन्तुष्टि: “कानुनी अड्चनको बहाना गरेर काम रोक्न मिल्दैन”

प्रधानमन्त्री ओलीको सचिवहरूप्रति असन्तुष्टि: “कानुनी अड्चनको बहाना गरेर काम रोक्न मिल्दैन”

२० पुस, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूको कार्यसम्पादन शैली र सरकारको काम गर्ने गति चित्तबुझ्दो नभएको भन्दै सचिवहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार साँझ जावलाखेलस्थित स्टाफ कलेजमा ५० भन्दा बढी सचिवहरूसँग आयोजित छलफलमा उनले यो असन्तोष व्यक्त गरेका हुन् । सचिवहरूले आफूले अह्राएको काम गर्न कानुनी अड्चन देखाएका कारण ‘स्पिरिट’ नमिलेको मन्त्रिपरिषद् बैठकमै गुनासो गर्न थालेपछि ओलीले आफ्ना दुई सल्लाहकारसहितको टिमसँग करिब साढे चार घण्टा छलफल गरेका हुन् । छलफलका क्रममा सचिवहरूले राजनीतिक दबाबमा काम गर्दा ‘ओभर साइट एजेन्सी’ (जस्तै अख्तियार) हरूको कारबाहीको केन्द्रविन्दु कर्मचारी मात्रै पर्ने गरेको आशयको अभिव्यक्ति दिएका थिए । हरेक निर्णयमा कर्मचारीमाथि मुद्दा चल्ने तर…
Read More
संविधान संशोधन आवश्यक: नेता निधी

संविधान संशोधन आवश्यक: नेता निधी

२० पुस, जनकपुरधाम – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई थप मजबुत बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मधेस प्रदेशबाट केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता निधीले संघीयता सुदृढ बनाउन प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “संविधान संशोधनबिना संघीय प्रणालीलाई प्रभावकारी बनाउनु सम्भव छैन।” नेता निधीले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य…
Read More
सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जोड

सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जोड

२० पुस, महोत्तरी - उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका नेता सिंहले शनिबार बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको उल्लेख गरे । संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ,” उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आस जागेको छ ।” साथै, उनले पार्टी…
Read More
केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको छ: सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ

केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको छ: सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ

२० पुस, काठमाडौं - सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाको १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए । उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य…
Read More
काभ्रेपलाञ्चोकका १६ हजार छात्राका लागि पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान

काभ्रेपलाञ्चोकका १६ हजार छात्राका लागि पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान

२० पुस, काभ्रे - राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्यांक संकलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय…
Read More