२०८२ चैत्र १८
२०८२ चैत्र १८
१८ चैत, काठमाडौं — काठमाडौं महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको निरन्तरता र गुणस्तर सुधार गर्ने लक्ष्यसहित दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी थालेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य विभाग, वित्त विभाग र नेपाल एम्बुलेन्स सेवाका प्रतिनिधिबीच सेवा सुधारका उपायबारे छलफल भएको थियो। बैठकमा डंगोलले आपतकालीन अवस्थामा छिटो सेवा पुर्याउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न निर्देशन दिएकी छन्। सवारी चापका कारण चार पाङ्ग्रे एम्बुलेन्स ढिलो पुग्ने अवस्थालाई ध्यानमा राख्दै बिरामीसम्म चिकित्सकलाई छिटो पुर्याउने व्यवस्था आवश्यक रहेको उनले बताइन्। त्यसैगरी, एम्बुलेन्स ट्र्याकिङ प्रणाली विकास गरी सेवाग्राहीले आफूले बोलाएको एम्बुलेन्सको अवस्थिति र भित्र रहेका स्वास्थ्यकर्मीबारे…