मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

१४ साउन, काठमाडौं — सिरहा जिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लगाएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार आन्दोलन तथा सम्भावित हुलदंगा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै कर्फ्यु लागू गरिएको हो। गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा यो आदेश लागू हुने प्रशासनले जनाएको छ। सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किएको छ। त्यसैको प्रभावस्वरूप बिहीबार बिहानदेखि जनकपुरमा पनि टायर बालेर प्रदर्शन गरिएको छ भने बजार आंशिक रूपमा बन्द रहेको छ।
Read More
सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

१४ साउन, काठमाडौं — सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरेका छन्। विश्व हिन्दू परिषद्को नेतृत्वमा आयोजित विरोध प्रदर्शनमा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। प्रदर्शन मेनरोडस्थित हनुमान मन्दिरअगाडिबाट सुरु भएर जिल्ला प्रशासन कार्यालयको मूल गेटसम्म पुगेको थियो। प्रदर्शनकारीहरूले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारको प्रभावकारी पहल नदेखिएको आरोप लगाए। उनीहरूले ‘बालेन सरकार मुर्दावाद’ र ‘दोषीलाई कारबाही गर’ भन्ने नारासमेत लगाएका थिए। प्रदर्शन जिल्ला प्रशासन कार्यालयतर्फ अघि बढ्न नदिन प्रशासनले कार्यालय परिसर वरिपरि ब्यारिकेट राखेको थियो। साथै, विराटनगर क्षेत्रमा सुरक्षा…
Read More
‘सरकार मलमपट्टी गर्दैछ’ : रास्वपा सांसद न्यौपाने

‘सरकार मलमपट्टी गर्दैछ’ : रास्वपा सांसद न्यौपाने

१४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सुनसरी घटनाका विषयमा उठेका प्रश्नको जवाफ दिँदै सरकारले पीडितको उपचार र अवस्था सामान्य बनाउन सक्रिय रूपमा काम गरिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले ‘सरकार कहाँ छ?’ भन्ने प्रश्न उठाएपछि न्यौपानेले सरकार घटनाको व्यवस्थापन र पीडितको उपचारमा केन्द्रित रहेको बताएका हुन्। उनले भने, “सरकार कहाँ छ भन्ने कुरा सुनियो। सम्माननीय सभामुखमार्फत म जानकारी गराउन चाहन्छु, सरकार अहिले मलमपट्टी गर्दैछ। सरकार उपचारमा तल्लीन छ। सरकार साम्प्रदायिक हिंसा फैलिन नदिन नागरिकलाई संयम अपनाउन आग्रह गरिरहेको छ।” न्यौपानेले आफूहरू यस्तो घटना हुन नदिन दिनरात खटिएको दाबी गर्दै अन्य राजनीतिक…
Read More
शान्ति–सुरक्षाबारे उच्चस्तरीय छलफल आज

शान्ति–सुरक्षाबारे उच्चस्तरीय छलफल आज

१४ साउन, काठमाडौं — प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। बैठक आज बिहान साढे ११ बजे बस्ने तय भएको छ। बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे छलफल हुने जनाइएको छ। नेपालको संविधानको भाग २८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ। परिषद्को सदस्य सचिवको जिम्मेवारी रक्षा सचिवले निर्वाह गर्ने व्यवस्था रहेको छ। राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक…
Read More