प्रधानमन्त्री बालेन संसद जाने विषय अझै अनिश्चित

३१ वैशाख, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिन संसदमा जाने वा नजाने विषय अझै टुंगो लागेको छैन।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले अहिलेसम्म प्रधानमन्त्री संसदमा गएर जवाफ दिने कार्यक्रम तय नभएको जानकारी दिएकी छन्।

उनले भनिन्, “प्रधानमन्त्री जवाफ दिन संसद जाने कार्यक्रम अहिलेसम्म छैन।”

बुधबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रधानमन्त्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएका थिए।

संसद बैठक सुरु भएपछि विभिन्न दलहरूले नीति तथा कार्यक्रम प्रधानमन्त्री स्वयंले प्रस्तुत गर्नुपर्ने भन्दै विरोध जनाएका थिए। तर, संसद नियमावलीअनुसार प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले नीति तथा कार्यक्रम पेश गर्न सक्ने व्यवस्था भएकाले अर्थमन्त्री वाग्लेलाई संसदमा प्रस्तुत गर्न दिइएको थियो।

श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने माग गर्दै संसद बहिष्कार गरेको थियो।

विपक्षी दलहरूले नीति तथा कार्यक्रम टेबल गर्न दिए पनि छलफल सुनेर जवाफ दिन प्रधानमन्त्री संसदमा आउनुपर्ने अडान राख्दै संसद अवरोध गरेका थिए। त्यसपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।

प्रधानमन्त्री छलफलमा सहभागी नभएका कारण आगामी बजेट प्रक्रिया पनि प्रभावित हुने देखिएको छ।

संविधानअनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। बजेट भाषणभन्दा १५ दिनअघि सरकारले संसदमा प्रि–बजेट पेश गरेर छलफल सुरु गर्नुपर्छ।

साथै, सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएपछि मात्रै प्रि–बजेट पेश गर्ने व्यवस्था छ। त्यसका लागि नीति तथा कार्यक्रम छिट्टै पारित हुन आवश्यक रहेको छ।

तर, प्रधानमन्त्री छलफल र जवाफ दिन संसदमा उपस्थित नभएका कारण विपक्षी दलहरूले बैठक अवरोध गरेपछि नीति तथा कार्यक्रममाथिको छलफल रोकिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन संसद जाने विषय अझै अनिश्चित

प्रधानमन्त्री बालेन संसद जाने विषय अझै अनिश्चित

३१ वैशाख, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिन संसदमा जाने वा नजाने विषय अझै टुं...
प्रधानमन्त्री उपस्थित हुने विषयमा आज छलफल गर्ने सभामुखको भनाइ

प्रधानमन्त्री उपस्थित हुने विषयमा आज छलफल गर्ने सभामुखको भनाइ

३० वैशाख, काठमाडौं — सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेको विपक्षी दलको मागबारे प्रधानमन्त्री बालेन शाह उपस्थित हुने वा नहुने ...
धवलागिरि आरोहणको ६६ वर्ष, म्याग्दीमा विशेष समारोह

धवलागिरि आरोहणको ६६ वर्ष, म्याग्दीमा विशेष समारोह

३० वैशाख, काठमाडौं — धवलागिरि हिमालको पहिलो सफल आरोहण भएको ६६ वर्ष पुगेको अवसरमा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा आरोहण दिव...
डोजर बिना नै अतिक्रमित वन क्षेत्र खाली गर्दै बासिन्दा

डोजर बिना नै अतिक्रमित वन क्षेत्र खाली गर्दै बासिन्दा

३० वैशाख, काठमाडौं — बर्दियाको मधुवन नगरपालिका–४ स्थित वन अतिक्रमण क्षेत्रमा बस्दै आएका स्थानीयले वन कार्यालयको सूचना पछि आफैं घरट...