प्रधानमन्त्री बालेन संसद जाने विषय अझै अनिश्चित

प्रधानमन्त्री बालेन संसद जाने विषय अझै अनिश्चित

३१ वैशाख, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिन संसदमा जाने वा नजाने विषय अझै टुंगो लागेको छैन। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले अहिलेसम्म प्रधानमन्त्री संसदमा गएर जवाफ दिने कार्यक्रम तय नभएको जानकारी दिएकी छन्। उनले भनिन्, “प्रधानमन्त्री जवाफ दिन संसद जाने कार्यक्रम अहिलेसम्म छैन।” बुधबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रधानमन्त्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएका थिए। संसद बैठक सुरु भएपछि विभिन्न दलहरूले नीति तथा कार्यक्रम प्रधानमन्त्री स्वयंले प्रस्तुत गर्नुपर्ने भन्दै विरोध जनाएका थिए। तर, संसद नियमावलीअनुसार प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले नीति तथा कार्यक्रम पेश गर्न सक्ने व्यवस्था भएकाले अर्थमन्त्री वाग्लेलाई संसदमा…
Read More