प्रधानमन्त्री उपस्थित हुने विषयमा आज छलफल गर्ने सभामुखको भनाइ

३० वैशाख, काठमाडौं — सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेको विपक्षी दलको मागबारे प्रधानमन्त्री बालेन शाह उपस्थित हुने वा नहुने विषयमा आजै छलफल गर्ने बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी रहेको जानकारी दिएका हुन्।

सभामुख अर्यालले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने कार्यक्रम रहेको भन्दै आजै विपक्षीको मागबारे स्पष्ट जवाफ दिन नसकिने बताए।

उनले भने, “आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्ने कुरा छ। त्यसकारण आज हामीले यसको प्रतिउत्तर वा जवाफ दिन भ्याउँदैनौँ।”

सभामुखले प्रधानमन्त्री संसदमा उपस्थित हुन सक्ने वा नसक्ने भन्ने विषयमा तत्काल निर्णय दिन नसक्ने पनि बताए।

उनले भोलिको बैठकबारे प्रधानमन्त्रीसँग छलफल गरेर कार्यव्यवस्था समितिको बैठकमा निर्णय गरिने जानकारी दिए।

तर, सभामुखको जवाफपछि पनि कांग्रेस सांसदहरूले सदन अवरोध जारी राखेका थिए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

प्रधानमन्त्री उपस्थित हुने विषयमा आज छलफल गर्ने सभामुखको भनाइ

प्रधानमन्त्री उपस्थित हुने विषयमा आज छलफल गर्ने सभामुखको भनाइ

३० वैशाख, काठमाडौं — सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेको विपक्षी दलको मागबारे प्रधानमन्त्री बालेन शाह उपस्थित हुने वा नहुने ...
धवलागिरि आरोहणको ६६ वर्ष, म्याग्दीमा विशेष समारोह

धवलागिरि आरोहणको ६६ वर्ष, म्याग्दीमा विशेष समारोह

३० वैशाख, काठमाडौं — धवलागिरि हिमालको पहिलो सफल आरोहण भएको ६६ वर्ष पुगेको अवसरमा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा आरोहण दिव...
डोजर बिना नै अतिक्रमित वन क्षेत्र खाली गर्दै बासिन्दा

डोजर बिना नै अतिक्रमित वन क्षेत्र खाली गर्दै बासिन्दा

३० वैशाख, काठमाडौं — बर्दियाको मधुवन नगरपालिका–४ स्थित वन अतिक्रमण क्षेत्रमा बस्दै आएका स्थानीयले वन कार्यालयको सूचना पछि आफैं घरट...
पहिरो नियन्त्रणका लागि बल्ल टेन्डर प्रक्रिया सुरु

पहिरो नियन्त्रणका लागि बल्ल टेन्डर प्रक्रिया सुरु

२९ वैशाख, काठमाडौं — नारायणगढ–मुग्लिन सडक भएर काठमाडौं वा पोखरा यात्रा गर्नेहरूका लागि मुग्लिन नजिकको तुइनखोला पहिरो वर्षायाममा ठू...