कांग्रेसको डिजिटल सदस्यता अभियान तीव्र

३ जेठ, काठमाडौं — नेपाली कांग्रेसले ३० वर्षमुनिका युवालाई आवेदन दिनेबित्तिकै सिधै क्रियाशील सदस्यता दिने व्यवस्था सुरु गरेको छ ।

सदस्यता व्यवस्थापन समितिका अनुसार ३० वर्षभन्दा कम उमेरका युवाहरूलाई अब प्रत्यक्ष रूपमा क्रियाशील सदस्यता प्रदान गर्न थालिएको हो ।

सदस्यता व्यवस्थापन समितिका संयोजक तथा कांग्रेस महामन्त्री प्रदीप पौडेलले युवाहरूलाई पार्टीमा उचित अवसर र स्थान दिन यो व्यवस्था लागू गरिएको बताएका छन् ।

उनले कान्तिपुलाईभ सँग कुरा गर्दै भने, “३० वर्षमुनिका युवालाई आवेदन दिएलगत्तै क्रियाशील सदस्यता दिन सुरु गरेका छौं । पार्टीमा युवाको सहभागिता बढाउन पनि यो आवश्यक छ ।”

यसअघि कांग्रेसमा सामान्यतया साधारण सदस्यता लिएको एक वर्षपछि मात्र क्रियाशील सदस्यता दिने प्रचलन थियो । तर अब युवालाई प्राथमिकतामा राख्दै सिधै क्रियाशील सदस्यता दिने नीति लागू गरिएको हो ।

कांग्रेसले वैशाख महिनादेखि ‘जरा अभियान’ अन्तर्गत पार्टी संगठनलाई बलियो बनाउने काम गरिरहेको छ ।

महामन्त्री पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले प्रदेशस्तरमा पुगेर ‘जरा अभियान’सँगै क्रियाशील सदस्यता अद्यावधिक अभियान पनि सञ्चालन गरिरहेको छ ।

महामन्त्री पौडेलका अनुसार पार्टीका क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा ल्याउन अद्यावधिक प्रक्रिया अगाडि बढाइएको हो ।

उनले भने, “सदस्यता व्यवस्थापन केन्द्रीय समितिले डिजिटल अभियानलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय भेला र प्रशिक्षण सञ्चालन गरिरहेको छ । पार्टीका विभिन्न तहका सभापति र प्राविधिकहरूलाई डिजिटल प्रणाली र यसको प्रक्रियाबारे प्रशिक्षण दिइँदैछ ।”

उनका अनुसार कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ ।

शनिबार कोशी प्रदेशको भेडेटारमा सदस्यता व्यवस्थापन समितिका केन्द्रीय संयोजक प्रदीप पौडेलको उपस्थितिमा प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो ।

महामन्त्री पौडेलका अनुसार जेठ २१ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण, छुटेका पुराना सदस्यहरूको नवीकरण र सम्पूर्ण क्रियाशील सदस्यता अद्यावधिक गरिसक्ने लक्ष्य राखिएको छ ।

उनले यस प्रक्रिया पूरा भएपछि कांग्रेस पूर्ण रूपमा डिजिटल सदस्यता प्रणाली भएको व्यवस्थित पार्टीमा रूपान्तरण हुने बताए ।

यता नेता पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले भने क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् ।

उनीहरूको तर्क अनुसार १५औं महाधिवेशनका लागि यसअघि नै ६ लाख क्रियाशील सदस्यता नवीकरण र ३ लाख नयाँ सदस्यता वितरण गरिसकिएको हुँदा फेरि अद्यावधिक आवश्यक छैन ।

तर संस्थापन पक्षले कांग्रेसमा करिब ९ लाख क्रियाशील सदस्य भए पनि करिब ८० हजार सदस्यको मात्र मोबाइल नम्बर लगायतको विवरण उपलब्ध रहेको भन्दै सदस्यहरूको आवश्यक विवरण संकलन गर्न अद्यावधिक आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

कांग्रेसको डिजिटल सदस्यता अभियान तीव्र

कांग्रेसको डिजिटल सदस्यता अभियान तीव्र

३ जेठ, काठमाडौं — नेपाली कांग्रेसले ३० वर्षमुनिका युवालाई आवेदन दिनेबित्तिकै सिधै क्रियाशील सदस्यता दिने व्यवस्था सुरु गरेको छ । ...
सरकारलाई सतर्क रहन प्रचण्डको सुझाव

सरकारलाई सतर्क रहन प्रचण्डको सुझाव

३ जेठ, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही दिशामा अगाड...
‘३ लाख नदिए विदेश जान पाउँदैनौ’ भन्दै दबाब दिने एजेन्ट पक्राउ

‘३ लाख नदिए विदेश जान पाउँदैनौ’ भन्दै दबाब दिने एजेन्ट पक्राउ

३ जेठ, काठमाडौं — सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको उडान वैशाख २९ गते तय गरिएको थियो । सरक...
आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

१ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्...