सिरोहियाको पक्राउबारे देउवाले भने: प्रतिशोधपूर्ण ढंगबाट पक्राउ

सिरोहियाको पक्राउबारे देउवाले भने: प्रतिशोधपूर्ण ढंगबाट पक्राउ

८ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको बताएका छन् । आफ्नो ट्विटरमार्फत देउवाले सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै यसलाई सरकारको अलोकतान्त्रिक कदम भनेका छन् । उनले लेखेका छन्, 'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उद्देश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ।' धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।
Read More
सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा विकल पौडेल दोषी ठहर: दुई वर्ष कैद, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला

सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा विकल पौडेल दोषी ठहर: दुई वर्ष कैद, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला

८ जेठ, काठमाडौं  - सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार पौडेललाई दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन विपरित केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिलेर सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ…
Read More
गृहमन्त्री रवि लामिछानेले नवअधिनायकवादी शैली देखाए: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया

गृहमन्त्री रवि लामिछानेले नवअधिनायकवादी शैली देखाए: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया

८ जेठ, काठमाडौं  - कान्तिपुर पब्लिकेशन्स अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगी प्रकरणविरुद्ध समाचार लेख्दा प्रतिशोधपूर्ण तरिकाले आफूलाई प्रहरीले प्रक्राउ गरेको बताएका छन् । प्रहरीले कान्तिपुरको थापाथलीस्थित कार्यकक्षबाट मंगलबार साँझ प्रक्राउ गरेपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सहकारी गठी गर्नेको नाममा पनि वारेन्ट जारी हुनेमा आफू विश्वस्त रहेको बताए । ‘यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ । मलाई गिरफ्तार गरिएको नागरिकताकाण्डमा होइन । सहकारीको ठगी काण्डको विरुद्ध समाचार लेखेकोमा हो,’ सिरोहियाले भने, ‘भोलि सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु ।’ सिरोहियाले सरकार र गृहमन्त्री रवि लामिछानेले नवअधिनायकवादी…
Read More
कार्यकक्षबाटै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ : उनलाई धनुषा लगिँदै

कार्यकक्षबाटै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ : उनलाई धनुषा लगिँदै

८ जेठ, काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर पब्लिकेसन्स्‌को कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ । उनलाई धनुषा लगिँदै छ । यश अघि सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका थिए । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने उनको भनाइ छ ।…
Read More
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी: सत्ता र शक्तिको दुरुपयोग गरिएको कैलाश सिरोहिया भनाई

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी: सत्ता र शक्तिको दुरुपयोग गरिएको कैलाश सिरोहिया भनाई

८ जेठ, काठमाडौं  - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेको सहकारीको बचत अपचलन सम्बन्धी प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको कान्तिपुले आरोप लगाएको छ । सिरोहियाले विज्ञप्ति जारी गर्दै  कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका छन् । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट…
Read More
राष्ट्रिय सूचना बेच्नेहरू सदनमै रहेको कुरा पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

राष्ट्रिय सूचना बेच्नेहरू सदनमै रहेको कुरा पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

८ जेठ, काठमाडौं  - मंगलबार प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सहमहामन्त्री एवम् सांसद बद्री पाण्डेले आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । प्रतिनिधिसभा बैठकमा कांग्रेस नेताहरूमाथि निराधार आरोप लगाएको उल्लेख गर्दै सांसद पाण्डेले भने, 'हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि लाञ्छना लगाउनु भएको छ । उपसभापति र महामन्त्रीको नाम किटेर छानबिनको समय पनि तोक्नुहोस् । उहाँहरू दोषी देखिनुभयो भने । कारबाही गर्नुहोस् ।' गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा त्रिचन्द्र कलेजको पार्क निर्माण, त्रिविको वेबसाइट डिजाइन, बाख्रा पालन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति, रातो पासपोर्ट, वाइडबडी जहाज, नक्कली भुटानी शरणार्थी, टीकापुरको जग्गा, देशका संवेदनशील सूचना विदेशीलाई बेचेको प्रसंग उठाएका थिए । उनले भनेका थिए, ‘के हामीले यस्ता…
Read More
नेपाल दूरसञ्चार प्राधिकरण आफ्नो भूमिकाबाट विमुख भयो : प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियन

नेपाल दूरसञ्चार प्राधिकरण आफ्नो भूमिकाबाट विमुख भयो : प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियन

८ जेठ, काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनले समग्र दूरसञ्चार क्षेत्रको अवस्था भयावह भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण आफ्नो भूमिकाबाट विमुख भएको उल्लेख गरेको छ । प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले यही जेठ १ गते प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीलाई पत्र लेख्दै दूरसञ्चार क्षेत्र धराशायी भइरहँदा प्राधिकरण मूकदर्शक बनेकाे आरोप लगाएको हो । युनियनले बुझाएको ध्यानाकर्षण पत्रमा ८ बुँदे माग पेश गर्दै प्राधिकरण नेतृत्व कमजोर भएको र हरेक विषयमा मन्त्रालयसँग राय माग्ने अवस्थामा पुगेको र यसले गर्दा सङ्गठनको कार्य सम्पादन कमजोर भएको प्रति गम्भीर ध्यानाकर्षण गराएको छ । “दूरसञ्चार ऐन, २०५३ को दफा (१३) बमोजिम प्राधिकरणलाई प्रदान गरिएको काम कर्तव्य…
Read More
संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद् छैनन्: माधवकुमार नेपाल

संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद् छैनन्: माधवकुमार नेपाल

८ जेठ, काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद् नरहेको बताएका छन् । मंगलबार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए। उनले संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए। उनले भने, ‘यो सरकारमा हामी सामेल छौं, यो सहकार्यलाई अघि बढाउने सन्दर्भमा सम्बन्धित सबै घटक सदस्यहरूको माझमा राम्रो विश्वास, राम्रो सहयोग, समझदारी, राम्रो सहकार्य हुनुपर्दछ, हामी देशका सबै शक्तिहरूसँग सहमतिका साथ अघि बढ्न चाहन्छौं। संसदमा जुन किसिमका घटनाहरू भइरहेका…
Read More