विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई समयअनुसार पार्टीलाई पुनः ऊर्जावान बनाउँदै स्पष्ट दिशा दिन आयोजना गरिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै शर्माले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र वर्तमान परिस्थितिको आवश्यकता भएको उल्लेख गरेका छन्। विशेष महाधिवेशनको घोषणा भएसँगै पार्टीभित्र र बाहिर उठेका आशंकाप्रति प्रतिक्रिया दिँदै उनले यसले पार्टी फुटाउने होइन भन्ने स्पष्ट पारेका छन्। “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन,” भन्दै शर्माले पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिले अधिवेशन हलबाट बाहिर निस्केर पार्टी जोगाउन सबैसँगै उभिने बताएका छन्।…
Read More
नेपाल प्रहरीद्वारा निर्वाचन प्रहरीहरुक भर्ना प्रक्रिया सुरु

नेपाल प्रहरीद्वारा निर्वाचन प्रहरीहरुक भर्ना प्रक्रिया सुरु

२४ पुस, , काठमाडौं —  झण्डै एक लाख ३४ हजार निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार निर्वाचन प्रहरी भर्ना सम्बन्धी आवेदन आह्वान गरेको हो । यस पटक नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ती गर्नेछ । इच्छुक उम्मेदवारले शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सार्वजनिक बिदाका दिनहरूमा पनि आवेदन स्वीकार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आवेदन जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा सबै जिल्ला प्रहरी कार्यालयबाट फारम लिएर बुझाउन सकिनेछ । निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवार फारम दर्ता गर्ने…
Read More