२०८३ बैशाख १०
२०८३ बैशाख १०
१० वैशाख, काठमाडौं — आरजु राइस मिलले आफ्नो काम विस्तार गर्दै मधेश प्रदेशमा पनि धान उत्पादन सुरू गर्ने सम्भावनाबारे छलफल थालेको छ। अहिलेसम्म कम्पनीले मोरङ, सुनसरी र झापामा किसानहरूसँग मिलेर धान उत्पादन गर्दै आएको छ। अब यही तरिका मधेश प्रदेशमा पनि लागू गर्ने योजना बनाइएको हो। कम्पनीका महाप्रबन्धक विवेकानन्द झाले मधेश प्रदेश सरकारसँग प्रारम्भिक कुराकानी भइसकेको जानकारी दिएका छन्। उनका अनुसार, “हामीले पूर्वका जिल्लाहरूमा किसानसँग सहकार्य गरेर राम्रो परिणाम पाएका छौँ। मधेश प्रदेशले पनि यसमा रुचि देखाएकाले त्यहाँ विस्तार गर्ने विषयमा छलफल भएको हो।” उनले भनेअनुसार, कम्पनीले किसानसँग सहकार्य गर्दा धान रोप्नुअघि नै न्यूनतम मूल्य तय गरिदिन्छ। साथै, किसानले धान…