विदेश उपचार खर्चबारे पूर्वविशिष्टविरुद्ध सर्वोच्चमा रिट

विदेश उपचार खर्चबारे पूर्वविशिष्टविरुद्ध सर्वोच्चमा रिट

२४ वैशाख, काठमाडौं — पूर्वराष्ट्रपति डा. रामवरण यादवसहित केही पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा खर्च लिएको आरोपसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। सरोज न्यौपानेले बिहीबार दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ। रिटमा विदेश उपचार खर्च राज्यले व्यहोर्ने स्पष्ट कानुनी व्यवस्था नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयमार्फत उपचार खर्च उपलब्ध गराइएको उल्लेख गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तय गरिएको छ। यसअघि पनि पूर्वपदाधिकारीहरूले नेपालमै उपचार सम्भव हुँदाहुँदै विदेशमा उपचार गराउने र त्यसको खर्च सरकारले व्यहोर्ने अभ्यास हुँदै…
Read More
वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित

२४ वैशाख, काठमाडौं — लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडक खण्डमा अवरोध देखिएको छ। कोशी प्रदेशअन्तर्गत भोजपुर, संखुवासभा र इलामका सडकमा समस्या देखिएको छ। मध्यपहाडी लोकमार्गको भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा वैशाख १२ गतेदेखि आएको बाढीका कारण सडक प्रभावित भएको हो। हाल त्यहाँ वैकल्पिक मार्ग प्रयोग गरेर एकतर्फी यातायात सञ्चालन भइरहेको छ। त्यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्ती क्षेत्रमा वैशाख २३ गते राति पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध भएको थियो। अहिले भने बिहान ५ बजेदेखि सडकमा एकतर्फी सवारी सञ्चालन सुरु…
Read More