एनसेल प्रतिवेदनमाथि गम्भीर बहस: तथ्य कि धारणा?

एनसेल प्रतिवेदनमाथि गम्भीर बहस: तथ्य कि धारणा?

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका निष्कर्ष, प्रयोग गरिएको आधार र कानुनी व्याख्यालाई लिएर देशभर गम्भीर बहस सुरु भएको छ। प्रतिवेदनमा उठाइएका विषयहरू सतहमा हेर्दा गम्भीर देखिए पनि त्यसको विश्लेषण गर्ने तरिका, प्रयोग गरिएका तथ्य र निष्कर्ष निकाल्ने शैलीप्रति विभिन्न क्षेत्रबाट प्रश्न उठ्न थालेका छन्। धेरैले यसलाई पूर्ण तथ्यभन्दा धारणा र अपूर्ण जानकारीमा आधारित प्रतिवेदनका रूपमा व्याख्या गरेका छन्। पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा बनेको समितिको मुख्य जिम्मेवारी एनसेलको सेयर कारोबारमा प्रचलित कानुन पालना भएको छ वा छैन भन्ने अध्ययन गर्नु र त्यसको प्रभाव मूल्याङ्कन गर्नु थियो।…
Read More
बस्ती हटाउने तयारीबीच रास्वपाको स्पष्ट धारणा सार्वजनिक

बस्ती हटाउने तयारीबीच रास्वपाको स्पष्ट धारणा सार्वजनिक

११ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सुकुमवासीको नाममा सार्वजनिक ठाउँ ओगटेर बस्ने र आफूलाई गरिब भनेर अनैतिक काम गर्नेहरूलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने बताएका छन्। काठमाडौंका सुकुमवासी बस्ती हटाउने सरकारी तयारीबारे बोल्दै उनले आश्रय लिने र अवैध रूपमा ठाउँ कब्जा गर्नेबीच फरक छुट्याउन आवश्यक रहेको बताए। उनका अनुसार, सरकारले सुकुमवासीका लागि वैकल्पिक र व्यवस्थित बसोबासको व्यवस्था गरिरहेको छ। झाले भने, “यदि कोही साँच्चिकै सुकुमवासी हुन् र समस्या भोगिरहेका छन् भने उनीहरूप्रति सहानुभूति देखाउनु मात्रै होइन, सरकारको दायित्व नै उनीहरूको संरक्षण गर्नु हो।” उनले सुकुमवासीहरूको पहिचान (सूचीकरण) गरी व्यवस्थित रूपमा व्यवस्थापन गर्दै संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए।…
Read More