एआई उद्योगको सुरक्षा संरचना कमजोर, अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको अध्ययनमा खुलासा

एआई उद्योगको सुरक्षा संरचना कमजोर, अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको अध्ययनमा खुलासा

२३ मंसिर, काठमाडौं — विश्वका ठूला एआई कम्पनीहरूको सुरक्षा अभ्यास अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल रहेको एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ। फ्युचर अफ लाइफ इन्स्टिच्युट- Future of Life Institute (FLI) ले सार्वजनिक गरेको “AI Safety Index 2025” ले OpenAI, Anthropic, xAI र Meta जस्ता कम्पनीले जोखिम व्यवस्थापनका आधारभूत मानकसमेत पर्याप्त रूपमा अपनाउन नसकेको उल्लेख गरेको हो। रॉयटर्स (Reuters) का अनुसार, स्वतन्त्र विज्ञहरूले गरेको मूल्याङ्कनमा ती कम्पनीहरूसँग उदीयमान उच्च-क्षमतायुक्त एआई प्रणालीलाई सुरक्षित रूपमा नियन्त्रित राख्ने स्पष्ट रणनीति छैन। रिपोर्टमा जोखिम मूल्याङ्कन, पारदर्शिता, आन्तरिक समीक्षा र जिम्मेवारी निर्धारणजस्ता मुख्य क्षेत्रहरूमा कम्पनीहरूको तयारी कमजोर रहेको देखाइएको छ। FLI का अध्यक्ष म्याक्स टेगमार्क (Max…
Read More
एनपीएलमा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्ष फाइनलमा, विराटनगर किंग्स ७७ रनले पराजित

एनपीएलमा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्ष फाइनलमा, विराटनगर किंग्स ७७ रनले पराजित

२३ मंसिर, काठमाडौं — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न क्वालिफायर–१ मा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो। गत सिजन पनि सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई हराएर फाइनल पुगेको थियो । पराजित विराटनगरले भने अब क्वालिफायर–२ खेल्नेछ । त्यसमा उसको प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स बुधबार खेल्दैछन् । जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । यससँगै सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग बेहोरेको एक मात्र हारको बदला पनि लिएको छ । विराटनगरका फाफ…
Read More
मलेसियामा कागजातविहीन विदेशी श्रमिकविरुद्ध कडा अभियान, सेलायाङ बारुबाट नेपालीसहित ८४३ जना पक्राउ

मलेसियामा कागजातविहीन विदेशी श्रमिकविरुद्ध कडा अभियान, सेलायाङ बारुबाट नेपालीसहित ८४३ जना पक्राउ

२३ मंसिर, काठमाडौं — मलेसियाले कागजातविहीन विदेशी श्रमिकविरुद्ध चलाउँदै आएको कारबाहीलाई तीव्र बनाउँदै सेलायाङ बारु क्षेत्रबाट ८४३ जनालाई पक्राउ गरेको छ। मलेसियन सञ्चारमाध्यमका अनुसार पक्राउ परेका मध्ये ८०८ पुरुष र ३५ महिला रहेका छन्। उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म छ। सेलाङ्गोर राज्यका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीले विदेशी श्रमिकको अनियमित प्रवेश, कागजातविहीन बसोबास र सडक छेउमा गैरकानुनी व्यापार बढेपछि अभियान सुरू गरिएको बताए। उनका अनुसार यसअघि पनि सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केटसहितका क्षेत्रमा यस्तै कारबाही चलाइएको थियो। पक्राउ परेकामध्ये नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक छन्। समितिले देशगत विवरण सार्वजनिक गरेको छैन। इमिग्रेसन विभागका…
Read More
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा महानिर्देशक अधिकारीसँग पाँच लाख धरौटी माग, तर थुनामै रहने

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा महानिर्देशक अधिकारीसँग पाँच लाख धरौटी माग, तर थुनामै रहने

२३ मंसिर, काठमाडौं — विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। मंसिर २३ गते न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले थुनछेक बहसपछि धरौटी तोकेको हो। धरौटी रकम मागिए पनि अधिकारी थुनामै रहनेछन्। यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माण प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको थियो। सोही आदेश कायम रहेको हुँदा नयाँ मुद्दामा धरौटी तोकिए पनि अधिकारीलाई रिहा हुँनेछैनन् । मुद्दामा संलग्न क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि अदालतले एक लाख रुपैयाँ धरौटी मागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा…
Read More
मन्त्रीको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण ठहर, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

मन्त्रीको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण ठहर, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

२२ मंसिर, काठमाडौं —  नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने विभागीय मन्त्रीको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको सर्वोच्च अदालतले ठहर गरेको छ। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णय र त्यसका आधार बनेको प्रस्ताव खारेज गर्दै शाक्यलाई  प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित  गर्न आदेश दिएको हो। अदालतको फैसलामा मन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव कानुनी आधारविना गरिएको स्पष्ट भएको उल्लेख छ। प्राधिकरणको सेवा सर्त तथा विनियमावली २०६१ मा तोकिएका प्रक्रिया नअपनाई शाक्यलाई पदबाट हटाइएको भन्दै अदालतले निर्णयलाई स्वेच्छाचारी, अन्यायपूर्ण र कानूनविपरीत ठहर गरेको छ। कार्यसम्पादन सम्झौतामा तोकिएका सूचक तथा प्रक्रियागत प्रावधान पनि बेवास्ता…
Read More
इन्स्टाग्रामको पोस्टमा तीन ह्यासट्याग मात्रै राख्न मिल्ने संकेत, परीक्षण सुरु

इन्स्टाग्रामको पोस्टमा तीन ह्यासट्याग मात्रै राख्न मिल्ने संकेत, परीक्षण सुरु

२१ मंसिर, काठमाडौं — इन्स्टाग्रामले पोस्टमा राख्न सकिने ह्यासट्यागको संख्या तीनमा सीमित गर्ने तयारी गरिरहेको देखिन्छ। केही प्रयोगकर्ताको एपमा नयाँ चेतावनी देखिन थालेपछि कम्पनीले ह्यासट्याग प्रयोगको नीति कडाइतर्फ लैजान लागेको अनुमान गरिएको हो। कसरी खुल्यो नयाँ नियमको संकेत? प्रयोगकर्ताले सार्वजनिक गरेका स्क्रिनशटका अनुसार पोस्ट बनाउँदा ‘Three hashtags are enough’ भन्ने सूचना देखिन थालेको छ। उक्त सूचनाले तीनभन्दा धेरै ह्यासट्यागले पहुँच (reach) बढाउँदैन र Instagram ले सीमा तोक्ने दिशामा कदम चालिरहेको पुष्टि गर्दछ। किन ह्यासट्याग घटाउन खोज्दैछ Instagram? अति ह्यासट्याग प्रयोगले फिड स्पामजस्तै देखिने, सामग्रीको गुणस्तर घट्ने र एल्गोरिदमले वास्तविक रुचि छुट्याउन गाह्रो हुने समस्या बढेको भन्दै Instagram लामो समयदेखि आलोचना…
Read More
बर्षभरीको समीक्षा अब युट्युब मै, नयाँ रिक्याप फिचर सार्वजनिक

बर्षभरीको समीक्षा अब युट्युब मै, नयाँ रिक्याप फिचर सार्वजनिक

२१ मंसिर, काठमाडौं — युट्युब ले आफ्नै वार्षिक ‘Year in Review’ रिक्याप सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले बर्षभरी हेरेका भिडियो, सुनेका गीत र व्यक्तिगत रुचिसँग सम्बन्धित तथ्य एकैपटक बुझ्न सक्नेछन्। कम्पनीका अनुसार यो फिचर युट्युब र युट्युब म्युजिक दुवैमा उपलब्ध छ। के समावेश छ नयाँ रिक्यापमा रिक्यापले प्रयोगकर्ताले बर्षभरी बढी उपभोग गरेको सामग्रीलाई भिजुअल कार्डका रूपमा प्रस्तुत गर्दछ। सबैभन्दा धेरै सुनेको गीत, मनपराएका कलाकार, दोहोरिने प्ले लिस्ट, हेर्दै आएको भिडियो विधा र व्यक्तिगत ट्रेन्डहरू क्रमबद्ध रूपमा देखिन्छन्। मोबाइलमा हेर्दा रिक्याप स्लाइडजस्तो गरी क्रमिक रूपमा खुल्ने भएकाले वर्षभरको डिजिटल गतिविधि छोटो समयमै बुझ्न सजिलो हुनेछ। डाटा कसरी प्रस्तुत हुन्छ युट्युब…
Read More
जेन-जी आन्दोलनपछि राष्ट्रपति: आम सहमतिबाट अन्तरिम सरकार गठन

जेन-जी आन्दोलनपछि राष्ट्रपति: आम सहमतिबाट अन्तरिम सरकार गठन

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले हालको अन्तरिम सरकार आम सहमतिका आधारमा गठन गरिएको बताएका हुन्। राष्ट्रपति पौडेलले भने, “प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं। ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं।” उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरे। उनले भने, “अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई…
Read More
८ हजारभन्दा बढी कैदीबन्दी अझै फरार, जेनजी आन्दोलनपछि कारागार व्यवस्थापनमा चुनौती

८ हजारभन्दा बढी कैदीबन्दी अझै फरार, जेनजी आन्दोलनपछि कारागार व्यवस्थापनमा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार यसमध्ये ७ हजार ७५३ कारागारतर्फ र ६२२ सुधारगृहतर्फका कैदीबन्दी अझै फरार रहेका छन्। देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कुल १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। यसमा १३ हजार ५९१ जना कारागारबाट र ९६४ जना बाल सुधार गृहबाट फरार भएका थिए। फरारमध्ये अहिलेसम्म ६ हजार १७९ जना फिर्ता भएका छन्। कारागारतर्फ ५ हजार ८३८ र बाल सुधार गृहतर्फ ३४१ जना फिर्ता आएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए।…
Read More
जेन–जी आन्दोलनमा उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधन जले, दैनिक ड्युटी प्रभावित

जेन–जी आन्दोलनमा उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधन जले, दैनिक ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधन जलेको तथ्य सार्वजनिक भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार जलेका सवारीमध्ये २४ वटा चार पांग्रे हेभी गाडी, १०४ वटा चार पांग्रे लाइट गाडी र २१८ वटा दुई पांग्रे सवारी साधन छन्। प्रहरीका अनुसार ठूलो मात्रामा सवारी जलेकोले दैनिक पुलिसिङ, ड्युटी र अन्य सुरक्षा कार्यहरूमा प्रभाव परेको छ।
Read More