सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन हुँदैन: गगन थापा

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन हुँदैन: गगन थापा

२७ असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए। ‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ’, थापाले भने। महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका शीर्ष नेताबीच भएको ७ बुँदे समझदारी पालना गरिने बताए। पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो। महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको…
Read More
बुधबार  रातिदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

बुधबार रातिदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

२६ असार, काठमाडौं - मौसम पूर्मानुमान महाशाखाले असार २६ गते बुधबार देखि आगामी असार २९ गते शनिबार सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण सिमाना आसपास) छ । आज बुधबार रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने…
Read More
संविधानको धारा ७६ को उपधारा ३ अनुसार जो प्रधानमन्त्री हुनुपर्ने हो उनी लिन तयार छैनन्: प्रधानमन्त्री पुष्पकमल दाहाल

संविधानको धारा ७६ को उपधारा ३ अनुसार जो प्रधानमन्त्री हुनुपर्ने हो उनी लिन तयार छैनन्: प्रधानमन्त्री पुष्पकमल दाहाल

२६ असार, काठमाडौं - एमाले र कांग्रेसबीच हुने आगामी सरकार संविधानको कुन व्यवस्थाअनुसार आह्वान गर्ने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले आफूले संसद्मा विश्वासको मत लिने र त्यसपछि संविधानको कुन व्यवस्थाअनुसार सरकार गठन हुने भन्नेमा विवाद रहेको बताए । 'संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने कि संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने भन्नेमा बहस छ, मत विभाजित छन्,' दाहालले भनेका थिए, 'अन्ततः राष्ट्रपतिको विवेकमा भर पर्छ ।' संविधानको धारा ७६ को उपधारा २ मा संसद्मा रहेका दुई वा दुईभन्दा बढी…
Read More
रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालको माग

रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालको माग

२६ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न माग गरेका छन् । सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए । 'सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा श्रेष्ठको राय एउटै छ । राजीनामा दिने कि नदिने कुरामात्रै उहाँहरूको राय माझिएको हो । सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्ने नजिर स्थापित गरेको छ,' बुधबार आयोजित पत्रकार सम्मेलनमा ढकालले भने । उनले सहकारी ठगीसम्बन्धी जाहेरी कतै नपरेको रवि लामिछानेको दाबी अदालतले गलत…
Read More
नेपालमा यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा ८० जनाको मृत्यु

नेपालमा यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा ८० जनाको मृत्यु

२५ असार, काठमाडौं - नेपालमा यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा मनसुनजन्य विपद्का घटनामा ८० जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र चट्याङका कारण उनीहरूको मृत्यु भएको हो । यस वर्ष मनसुन जेठ २८ गते नेपालमा प्रवेश गरेको थियो । जेठ २८ गतेदेखि असार २५ गते दिउँसोसम्मको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ८० जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनसुनजन्य विपद्का घटनाबाट काठमाडौं उपत्यकामा एक जना, कोसी प्रदेशमा १९ जना, मधेस प्रदेशमा तीन जना, वाग्मती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम…
Read More
नक्कली लाइसेन्स वितरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

नक्कली लाइसेन्स वितरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

२५ असार, काठमाडौं - नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ। फर्जी विवरण राखेर ३ सयभन्दा बढी नक्कली लाइसेन्स वितरण गरेको आरोप उनीहरूलाई लागेको छ। नक्कली लाइसेन्स बाँडिएको समाचार बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले अनुसन्धान गरेको थियो। सिआईबीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। यस प्रकरणमा १५ जना संलग्न भएको अध्ययन प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको थियो। नक्कली लाइसेन्स प्रकरणका ९ जना फरार छन्। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ। अभियोगपत्रमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीले गर्‍यो महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्‍यो महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त

२५ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको हो । महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय लिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी गराए । पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।
Read More
सहकारीका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकको पाँचबुँदे सुझाव

सहकारीका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकको पाँचबुँदे सुझाव

२४ असार, काठमाडौं - नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने सुझाव दिएका हुन् । गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गरेका थिए । उनले पहिलो चरणमा एक लाखसम्म, दोस्रो चरणमा पाँच लाखसम्म र तेस्रो चरणमा पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिएका थिए । समस्या समाधान गर्न ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा…
Read More
पुष्पकमल दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प छैन: योेगेशकुमार भट्टराई

पुष्पकमल दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प छैन: योेगेशकुमार भट्टराई

२४ असार, काठमाडौं - नेकपा (एमाले) का सचिव योेगेशकुमार भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्‍याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै लागि पनि प्रधानमन्त्री दाहालले कांग्रेस-एमाले सत्ता गठबन्धनको सरकारलाई साथ दिँदा हित हुने उनको भनाइ थियो । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर नै आफूहरुले सर्वसम्मतिको बाटोबाट संविधान संशोधनको कार्य अघि बढाउने बताए । सचिव भट्टराईले भने, ‘संविधान संशोधन गर्न त्यति सहज छैन । त्यो सहज छैन भनेर नै हामी कांग्रेस–एमाले एक ठाउँ आएका…
Read More
रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

२४ असार, काठमाडौं - युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी सहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताएका छन् । केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाकाअनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन् । किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण सहरका भवनहरू हल्लिएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले…
Read More