२०८३ जेष्ठ १७
२०८३ जेष्ठ १७
१७ जेठ, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि तयार भइरहेको सम्भावित सम्झौताका केही महत्वपूर्ण बुँदामा संशोधन गर्न आग्रह गरेका छन्। ह्वाइट हाउसको सिचुएसन रूममा शुक्रबार अमेरिकी वार्ता टोलीसँग भएको दुई घण्टाको छलफलपछि ट्रम्पले इरानको आणविक कार्यक्रम, उच्च प्रशोधित युरेनियमको व्यवस्थापन र हर्मुज जलडमरूमध्यसम्बन्धी विषयमा थप स्पष्टता खोज्न निर्देशन दिएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यम एक्सियसका अनुसार ट्रम्पले इरानले भविष्यमा कहिल्यै आणविक हतियार विकास नगर्ने, करिब ४०० किलो उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्ने तथा हर्मुज जलडमरूमध्यमा जहाजहरूको निर्बाध आवागमन सुनिश्चित गर्ने विषयलाई सम्झौतामा अझ स्पष्ट रूपमा समावेश गर्न चाहेका छन्। हालको प्रारम्भिक समझदारीपत्रमा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता…