सरकारको आलोचना बीच रास्वपाको सांसद बैठक

सरकारको आलोचना बीच रास्वपाको सांसद बैठक

१६ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार आफ्ना सांसदहरूसँग अनौपचारिक बैठक गर्न लागेको छ। पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरूले बिहान ११ बजे पार्टीको संसदीय दल कार्यालयमा बैठक बोलाएका छन्। काठमाडौं उपत्यकामा रहेका सबै सांसदहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा के विषयमा छलफल हुने भन्ने कुरा पार्टीले खुलाएको छैन। तर, एक नेताका अनुसार समसामयिक विषयहरूमा छलफल गर्ने तयारी गरिएको छ। हाल सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको भन्दै आलोचना भइरहेको छ। त्यस्तै, सुकुम्बासी बस्तीहरू व्यवस्थापनको स्पष्ट योजना बिना डोजर प्रयोग गरी भत्काएको विषयमा पनि सरकारको आलोचना भइरहेको छ।
Read More
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको नयाँ पहल

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको नयाँ पहल

१६ वैशाख, काठमाडौं — नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। हालसम्म परराष्ट्र मन्त्रालयका कर्मचारीहरू वा सत्तारुढ दलको सिफारिसका आधारमा राजदूत नियुक्त हुने प्रचलन रहेको छ। तर वर्तमान सरकारले यो पुरानो परम्परा परिवर्तन गर्दै खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्ने पहल थालेको हो। परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालयका अनुसार, यसका लागि निश्चित संख्यामा विज्ञापन प्रकाशित गरिनेछ र प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी राजदूत नियुक्त गरिनेछ। सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित सहसचिवहरूको बैठकमा पनि मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने विषयमा विचार गरिएको बताएका थिए। तर विज्ञापन कहिले प्रकाशित हुन्छ भन्ने ठ्याक्कै मिति भने…
Read More