२०८२ मंसिर २५
२०८२ मंसिर २५
२५ मंसिर, काठमाडौं — अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। अब फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युबसहितका प्लेटफर्मले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको खाता खोल्न नदिनुका साथै सक्रिय खाता पनि बन्द गर्नुपर्नेछ। नियम नमान्ने कम्पनीमाथि कडा जरिवाना लगाइने चेतावनी सरकारले दिएको छ। अष्ट्रेलियाली सरकारले बालबालिकाको मानसिक स्वास्थ्यमा परेको असर, साइबर दुव्र्यवहार र बढ्दो अनलाइन जोखिमका कारण यो कदम चालिएको जनाएको छ। प्रधानमन्त्री एन्टोनी आल्बानेजेले सामाजिक सञ्जालले कम उमेरका प्रयोगकर्तालाई गम्भीर रूपमा प्रभावित गर्न थालेपछि नियन्त्रण अनिवार्य भएको बताए। नयाँ नियमले कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर जाँच गर्ने प्रणाली अनिवार्य बनाएको छ। उमेर प्रमाणित गर्न…