२०८३ बैशाख २१
२०८३ बैशाख २१
२१ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी अनिवार्य रूपमा पूरा गरेको हुनुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ। यसका लागि पार्टीले उम्मेदवार छनोटसम्बन्धी मस्यौदा तयार गरेको छ, जसलाई सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारेको हो। मस्यौदामा क्यान्डिडेट क्लबमा सहभागी हुन आवश्यक मापदण्ड र योग्यता स्पष्ट रूपमा उल्लेख गरिएको छ। क्यान्डिडेट क्लबमा सहभागी हुन कम्तीमा २१ वर्ष उमेर पुगेको र सम्बन्धित स्थानीय तहको मतदाता सूचीमा नाम भएको हुनुपर्नेछ। साथै पार्टीले आफ्नो विधानअनुसार थप योग्यता पनि निर्धारण गरेको छ। उम्मेदवार बन्न चाहने व्यक्तिमा सुशासन, पारदर्शिता र नागरिकप्रति…