सुप्रिम सहकारी ठगी प्रकरण: ४२ जनाविरुद्ध मुद्दा दायर, १ अर्बभन्दा बढी बिगो माग

सुप्रिम सहकारी ठगी प्रकरण: ४२ जनाविरुद्ध मुद्दा दायर, १ अर्बभन्दा बढी बिगो माग

६ माघ, रूपन्देही– सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, र लक्ष्मी पौडेलसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। रवि, छवि र लक्ष्मीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो मागसहित आइतबार पूरक अभियोग दर्ता गरिएको हो। यसअघि दर्ता भएका २८ प्रतिवादीमध्ये १७ जनाविरुद्ध थप कसुर र बिगोको दाबी गरिएको छ। सरकारी वकिल कार्यालयका अनुसार, गितेन्द्रबाबु राईविरुद्ध ५१ करोड १ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग गरिएको छ। संचालक दिनेश रोकालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएको छ। प्रहरी अनुसन्धानले सुप्रिम सहकारीका १०…
Read More
कांग्रेस सांसद साउद अध्यादेशमार्फत कानुन निर्माणप्रति असन्तोष

कांग्रेस सांसद साउद अध्यादेशमार्फत कानुन निर्माणप्रति असन्तोष

२८ पुस, रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्नु सकारात्मक नभएको बताएका छन्। रिपोर्टर्स क्लब नेपाल, बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले संसद् चलाउन नसकेर अध्यादेशमार्फत कानुन निर्माण गर्दा सरकारमाथि चौतर्फी प्रश्न उठेको उल्लेख गरे। साक्षात्कारमा नेता साउदले ठूला दलहरू मिलेर सरकार गठन हुँदा पनि स्थिरता ग्यारेन्टी गर्न नसकिएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिँदै भने, “सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ। सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर पुर्याउन सक्छ।” नेता साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली…
Read More
स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन: गृहमन्त्री रमेश लेखक

स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन: गृहमन्त्री रमेश लेखक

२९ मङ्सिर, नवलपरासी - गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार नवलपुरमा पत्रकारसँगको भेटमा उनले मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका निम्ति सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । “स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो,” उनले भने । फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण सफल भएको उल्लेख गरे । उनले छिमेकी मुलुकसँग सुमधुर र सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताए…
Read More
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन विमानको उडान

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन विमानको उडान

२४ कात्तिक, भैरहवा - नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन विमानले उडान भरिरहेका छन् । जजिरा एयरलाइन्सले यहाँबाट स्थगित गरेको उडान शनिबारदेखि फेरि सुरु गरेको छ । जजिराले यो विमानस्थल सञ्चालनमा आएदेखि नै उडान गरेको थियो । बीचमा उडान स्थगित गरेको थियो । शनिबार जजिरा १७१ यात्रु लिएर भैरहवा आएको थियो । यहाँबाट एक बालकसहित १६८ यात्रु लिएर उडेको छ । फ्लाई दुबई र नेपाल एयरलाइन्सले पनि यहाँबाट आजैदेखि उडान सुरु गर्दै छन् । योसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको संख्या चार पुगेको छ । जजिराले सातामा तीन दिन उडान…
Read More
सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही जिल्ला अदालतको अनुमति

सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही जिल्ला अदालतको अनुमति

८ कात्तिक, रुपन्देही - रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहीबार उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको हो । अदालतको पक्राउ अनुमतिसँगै रविलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने रवि पनि अहिले पोखरा नै छन् । उनीहरु दुवैलाई पोखरामा एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । बुटवलको सुप्रिम सहकारीबाट जोशीका…
Read More
साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सरकारलाई चेतावनी

साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सरकारलाई चेतावनी

५ कात्तिक, कपिलवस्तु - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुको खरेन्द्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने पनि चेतावनी दिए । ‘आफ्नो बाहेकको अस्तित्व नदेख्नेले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर गएको संसारको इतिहास छ,’ उनले भने, ‘संसारलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो ।’ विचार र मन मिल्नेसँग मोर्चा, सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए । तर, एकता भने नगर्ने उनले सुनाए । माओवादी र एमालेमा आफूहरू जान…
Read More
रवि लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै क्लिन चिट पाएको हल्ला गर्नु अनुचित: नेकपा एमालेका महासचिव शंकर पोख्रेल

रवि लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै क्लिन चिट पाएको हल्ला गर्नु अनुचित: नेकपा एमालेका महासचिव शंकर पोख्रेल

५ असोज, दाङ - नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित नभएको बताएका छन । प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन । ‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले,’ उनले भने, ‘सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ । त्यस्तै उनले लामिछानेले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा बिना लगानी शेयर लिएर भ्रष्टाचार गरेको दाबी गरे । ‘गोरखा…
Read More
प्रदेश र स्थानीय तहको अधिकार खोस्न बर्तमान सरकार: जनमत पार्टीका अध्यक्ष डा. सिके राउत

प्रदेश र स्थानीय तहको अधिकार खोस्न बर्तमान सरकार: जनमत पार्टीका अध्यक्ष डा. सिके राउत

१ असोज, कपिलवस्तु - जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले दुई विपरीत धुब्रमा रहेका कांग्रेस एमाले पार्टीले संविधान संशोधनको नाममा प्रदेश र स्थानीय तहको अधिकार खोस्न सरकार बनाएको आरोप लगाएका छन् । जनमत पार्टी कपिलवस्तुले तौलिहवामा राखेको प्रशिक्षण तथा दसैँ तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले दुई विपरीत दिशामा रहेको पार्टीले सरकार बनाएको भने पनि ती दुई पार्टीले प्रदेश र स्थानीय तहको अधिकार समेत कटौती गरी सिंहदरबारमा लैजान खोजेको बताए । ‘संविधान संशोधन गर्ने नाममा दुई ठुला पाटीले सरकार बनाउने कारण स्थानीय तहको अधिकार खोस्न र प्रदेश खारेज गर्न हो’ उनले भने । स्थानीय तह र प्रदेश सरकारलाई…
Read More
बिचौलिया र भ्रष्टाचारीहरु मिलेर माओवादीलाई सरकारबाट बाहिर निकाले: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

बिचौलिया र भ्रष्टाचारीहरु मिलेर माओवादीलाई सरकारबाट बाहिर निकाले: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

१८ भदौ, रुपन्देही - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरुले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए । आफूहरुले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरुले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो । ओली सरकारलाई जनताले कालाकाले मिलेर खाऔंवालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरु मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल कांग्रेस-एमाले सरकार बनाएको…
Read More
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

७ साउन, काठमाडौं - लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेकपा एमाले संसदीय दलका उपनेता आचार्यले सोमबार दिउँसो कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको हस्ताक्षर पत्र सहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद भए पुग्छ । लुम्बिनीमा पहिलो पटक ठूला दल एमाले र कांग्रेसको सरकार बनेको छ । आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद् हुन् ।
Read More