२०८२ चैत्र १६
२०८२ चैत्र १६
१६ चैत, काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह र कर्णाली प्रदेशका सांसदहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा कर्णाली प्रदेशको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको प्रभावकारी उपयोगका विषयमा विस्तृत छलफल भएको ज्ञानेन्द्र शाहीले जानकारी दिए। प्रधानमन्त्री शाहले कर्णालीको दीगो र समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक नीतिगत र संरचनागत सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्। भेटका क्रममा शाहीले कर्णालीका रोकिएका तथा अधुरा आयोजनाहरूलाई पुनः सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेको बताए। साथै, विगतमा सुशीला कार्की नेतृत्वको सरकारले रोकेको बजेट फुकुवा गर्न पनि माग गरिएको उनले उल्लेख गरे। भेटमा कर्णाली…