कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

३ वैशाख, काठमाडौं — थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसोबास गरिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरेको छ। राजदूतावासका अनुसार, ती नागरिकहरूलाई ३० चैत र १ वैशाखका दिन कम्बोडियाबाट उद्धार गरी नेपाल पठाइएको हो। प्रलोभनमा परी विभिन्न माध्यममार्फत कम्बोडिया पुगेका उनीहरू अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने अनलाइन ठगीलगायत अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको तथा कतिपय बिनाभिसा बसिरहेको अवस्थामा फेला परेका थिए। राजदूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपाली नागरिकहरूको उद्धार गरी स्वदेश फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ। दूतावासका अनुसार, त्यहाँ नेपालीहरूलाई अनलाइन ठगीलगायत गैरकानुनी कार्यमा संलग्न गराइएको तथा भिसा बिना वा…
Read More
बालेनको नेतृत्वमा मुख्यमन्त्रीहरूसँग पहिलो समन्वय बैठक

बालेनको नेतृत्वमा मुख्यमन्त्रीहरूसँग पहिलो समन्वय बैठक

३ वैशाख, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जिम्मेवारी सम्हालेपछि पहिलोपटक आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक गर्न लागेका छन्। यो बैठक सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे आयोजना हुने तय गरिएको छ। बैठकमा विशेष गरी विकास निर्माणका कामलाई तीव्र बनाउने, उपलब्ध स्रोत–साधनको न्यायोचित वितरण गर्ने तथा प्रदेश तहमा देखिएका प्रशासनिक र आर्थिक समस्याहरूको समाधान खोज्ने विषयमा छलफल गरिनेछ। त्यसैगरी, राष्ट्रिय प्राथमिकतामा परेका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई कसरी अझ मजबुत बनाउने भन्ने विषय पनि मुख्य एजेन्डामा पर्नेछ। यससँगै देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विस्तार, सेवा प्रवाहमा सुधार ल्याउने उपाय र सुशासन कायम…
Read More
कार्की आयोग प्रतिवेदनबारे आज कांग्रेसको निर्णायक छलफल

कार्की आयोग प्रतिवेदनबारे आज कांग्रेसको निर्णायक छलफल

२ वैशाख, काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी सभापति गगन थापाको अध्यक्षतामा सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो सवा दुई बजेबाट बैठक सुरु भएको हो। यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो, जसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ। उनलाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ। आजकै कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि अध्ययन गरेर तयार पारेको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अध्ययन गरी सुझावसहितको प्रतिवेदन…
Read More
सरकारले खोल्यो वैदेशिक रोजगारीको ढोका, ४ देशमा पुनः अनुमति

सरकारले खोल्यो वैदेशिक रोजगारीको ढोका, ४ देशमा पुनः अनुमति

२ वैशाख, काठमाडौं — सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वका कारण यसअघि स्थगित गरिएको पुनः श्रम स्वीकृति अब पुनः सञ्चालनमा ल्याइएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३१ चैत २०८२ मा गरेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरिएको हो। इराकका सम्बन्धमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिने वैदेशिक रोजगार विभागले जनाएको छ। यसअघि मन्त्रालयले १७ फागुन २०८२ मा पश्चिम एसिया तथा खाडी क्षेत्रका साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र…
Read More
स्वरसम्राज्ञी आशा भोसलेको ९२ वर्षमा निधन

स्वरसम्राज्ञी आशा भोसलेको ९२ वर्षमा निधन

२९ चैत, काठमाडौं — भारतीय संगीतकी प्रतिष्ठित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। केही महिनादेखि अस्वस्थ रहँदै आएकी उनलाई शनिबार मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। गम्भीर अवस्थामा पुगेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिए पनि शनिबार राति उनको निधन भएको हो। करिब सात दशक लामो सांगीतिक यात्रामा उनले हजारौँ गीतमार्फत भारतीय मात्र नभई विश्व संगीतमा गहिरो छाप छोडेकी थिइन्। उनका गीतहरू विभिन्न पुस्तामाझ निरन्तर लोकप्रिय रहँदै आएका छन्। उनको निधनसँगै भारतीय संगीत क्षेत्रले एक महत्वपूर्ण युग गुमाएको मानिएको छ। उनका छोरा आनन्दले आइतबार दिउँसो निधनको पुष्टि गरेका हुन् भने भारतीय सञ्चारमाध्यमहरूले…
Read More
बालेन शाहविरुद्ध अपमानजनक भिडियो बनाउने युट्युबर पक्राउ

बालेन शाहविरुद्ध अपमानजनक भिडियो बनाउने युट्युबर पक्राउ

२९ चैत, काठमाडौं — युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसहित अन्य नेताहरूलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेल रहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमा प्रकाशित सामग्रीको आधारमा उनलाई पक्राउ गरिएको हो। हाल उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरेर साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।
Read More
रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बताएका छन्। हाजिरी जमानिमा रिहा भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत १३ दिनसम्म आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उल्लेख गरेका छन्। उनले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएर आफूलाई हिरासतमा राखिएको आरोप लगाउँदै अन्ततः प्रमाण अभावका कारण रिहा हुनुपरेको बताएका छन्। ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल तथा नेता, र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गरेका छन्। साथै, आदेश जारी गर्ने सर्वोच्च अदालतप्रति पनि सम्मान…
Read More
जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई जिम्मा जमानीमा छाड्ने प्रक्रिया अघि बढाइएको छ। सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा रिहा गर्ने सम्बन्धी कागजात प्राप्त भइसकेपछि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो। काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई रिहा गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुन्डुस्थित निवासबाट पक्राउ गरेको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि उनी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। यसैबीच, ओलीकी पत्नी राधिका तथा लेखककी पत्नी यशोदाले आफ्ना पतिलाई गैरकानुनी रूपमा हिरासतमा…
Read More
वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा सडक हिलो र अत्यधिक चिप्लो बनेपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको हो। दाउन्ने क्षेत्रको घिउखोला र विश्वकर्मा मन्दिर आसपास वर्षाका कारण सडक बिग्रिएर सवारीसाधन फसेपछि यातायात सञ्चालन रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। बुधबार दिउँसोदेखि लगातार परेको पानीका कारण सडकको अवस्था झन् बिग्रिएको छ, जसले गर्दा सवारीसाधन चिप्लिने र जाम हुने समस्या बढेको छ। उनका अनुसार, लगातार सिमसिम पानी परिरहेकाले दाउन्ने उकालोमा सवारीसाधन सञ्चालन…
Read More
सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन चैत २७ गते हुने तय गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख चयनको मिति घोषणा गरेका हुन्। यसअघि चैत २२ गते भएको सभामुख निर्वाचनमा अर्याल एकल उम्मेदवारका रूपमा उभिएपछि निर्विरोध निर्वाचित भएका थिए। सभामुख चयनसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइएको हो। प्रतिनिधिसभा नियमावलीअनुसार उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था छ, जसअनुसार अहिले मिति निर्धारण गरिएको हो। सामान्यतया सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान भए पनि विशेष अवस्थामा एउटै दलबाट पनि चयन हुन सक्ने व्यवस्था छ। हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीसहित ६…
Read More