२०८२ चैत्र १६
२०८२ चैत्र १६
१६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेको विरुद्ध दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय मेघराज पोखरेल र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो। गोलाप्रथाबाट तोकिएको पेसी सूचीमा दुवै नेताका मुद्दाहरू सम्बन्धित इजलासको पहिलो नम्बरमा रहेका छन्। के हो घटना? गत भदौ २३ र २४ गते भएको 'जेन-जी' (Gen-Z) आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग गरी हत्या भएको अभियोग (कर्तव्य ज्यान) मा अनुसन्धानका लागि प्रहरीले ओली र लेखकलाई गत शनिबार पक्राउ गरेको थियो। उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि ५…