२०८२ चैत्र २५
२०८२ चैत्र २५
२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित बहुउद्देश्यीय हल नजिकै रहेको समितिको सभाकक्षमा बैठक आयोजना गरिनेछ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक मध्याह्न १२ बजेका लागि तय गरिएको छ। प्रतिनिधिसभाको मुख्य बैठक दिउँसो १ बजे बस्ने भएकाले त्यसअघि तयारीस्वरूप परामर्श समिति बैठक बोलाइएको हो। आजको कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ प्रस्तुत गर्नेछन्। त्यसैगरी, अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ अघि बढाउनेछन्। यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि राखिने सम्भावना छ। साथै, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम…