आपतकालीन स्वास्थ्य सेवा सुधार्न महानगरको नयाँ योजना

आपतकालीन स्वास्थ्य सेवा सुधार्न महानगरको नयाँ योजना

१८ चैत, काठमाडौं — काठमाडौं महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको निरन्तरता र गुणस्तर सुधार गर्ने लक्ष्यसहित दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी थालेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य विभाग, वित्त विभाग र नेपाल एम्बुलेन्स सेवाका प्रतिनिधिबीच सेवा सुधारका उपायबारे छलफल भएको थियो। बैठकमा डंगोलले आपतकालीन अवस्थामा छिटो सेवा पुर्‍याउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न निर्देशन दिएकी छन्। सवारी चापका कारण चार पाङ्ग्रे एम्बुलेन्स ढिलो पुग्ने अवस्थालाई ध्यानमा राख्दै बिरामीसम्म चिकित्सकलाई छिटो पुर्‍याउने व्यवस्था आवश्यक रहेको उनले बताइन्। त्यसैगरी, एम्बुलेन्स ट्र्याकिङ प्रणाली विकास गरी सेवाग्राहीले आफूले बोलाएको एम्बुलेन्सको अवस्थिति र भित्र रहेका स्वास्थ्यकर्मीबारे…
Read More
बक्यौता असुलीमा विद्युत प्राधिकरणले चाल्यो कडा कदम

बक्यौता असुलीमा विद्युत प्राधिकरणले चाल्यो कडा कदम

१८ चैत, काठमाडौं — नेपाल विद्युत प्राधिकरणको गौर वितरण केन्द्रले बक्यौता विद्युत महसुल असुली अभियानलाई तीव्र बनाएको छ। लामो समयदेखि शुल्क नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यवसाय र सरकारी कार्यालयहरूलाई लक्षित गर्दै कडा कदम चालिएको हो। गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार बारम्बारको ताकेता बेवास्ता भएपछि राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकामा एकैदिन विद्युत आपूर्ति काटिएको थियो। त्यसपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता तिरेपछि मात्र पुनः लाइन जोडिएको छ। प्राधिकरणका अनुसार गौर वितरण केन्द्र अन्तर्गत पर्ने गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई र वृन्दावन नगरपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूले अझै पनि…
Read More
सिंहदरवार प्रवेशमा ‘अघोषित’ कडाइ: पुराना पास खोस्दै प्रहरी, मन्त्रालयहरू नै बेखबर

सिंहदरवार प्रवेशमा ‘अघोषित’ कडाइ: पुराना पास खोस्दै प्रहरी, मन्त्रालयहरू नै बेखबर

१७ चैत, काठमाडौं — सरकारले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार प्रवेशमा एकाएक कडाइ गर्न थालेको छ। बिना कुनै औपचारिक सूचना सुरक्षाकर्मीले प्रवेशद्वारमै पुराना अस्थायी पासहरू जफत गर्न थालेपछि सर्वसाधारण र सरोकारवालाहरू अलमलमा परेका छन्। विगत लामो समयदेखि विभिन्न मन्त्रालयहरूले जारी गर्ने गरेका अस्थायी पासका आधारमा सिंहदरवार प्रवेश पाउँदै आएका आगन्तुकहरूलाई अहिले गेटमै रोक लगाइएको छ। "नयाँ पास जारी नहुञ्जेल पुराना पास चल्दैनन्" भन्दै गेटमा खटिएका प्रहरीले पुराना पासहरू लिने गरेका छन्। मन्त्रालयहरू भन्छन्  "हामीलाई जानकारी छैन" पास खारेजी र प्रवेशमा कडाइ गरिएको सम्बन्धमा सिंहदरवार भित्रका विभिन्न सरकारी निकाय र मन्त्रालयहरूसँग बुझ्दा उनीहरूले यसबारे कुनै लिखित जानकारी प्राप्त नभएको बताएका छन्।…
Read More
सरकारविरुद्ध एमाले आक्रामक, सडक संघर्षको तयारी

सरकारविरुद्ध एमाले आक्रामक, सडक संघर्षको तयारी

१७ चैत, काठमाडौं — नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारले फरक विचार राख्ने दल र नेताहरूलाई दबाबमा राख्ने निरंकुश शैली अपनाएको आरोप लगाएका छन्। मंगलबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रवृत्तिको सशक्त विरोध सडकबाटै गरिने चेतावनी दिए। सडक आन्दोलन कमजोर देखिएको भन्ने प्रश्नमा उनले आन्दोलन प्रारम्भिक चरणमा रहेको भन्दै शिवरात्रीमा मुढा बाल्ने उदाहरण प्रस्तुत गरे। उनका अनुसार अहिले आन्दोलनको सुरुआती अवस्था मात्र चलिरहेको छ। बस्नेतले यसअघि भ्रातृ तथा शुभेच्छुक संगठनहरू मात्रै सडकमा सक्रिय रहेको र हिजोदेखि पार्टी नै औपचारिक रूपमा आन्दोलनमा उत्रिएको जानकारी दिए। आफू आन्दोलनमा सक्रिय नभएको वा सडकमा देखिन डराएको भन्ने आरोपलाई उनले अस्वीकार…
Read More
सिंहदरबारमा सर्वदलीय छलफल, संसद् बैठकको तयारी

सिंहदरबारमा सर्वदलीय छलफल, संसद् बैठकको तयारी

१७ चैत, काठमाडौं — संघीय संसद्को अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाइएपछि आवश्यक तयारीका लागि सबै राजनीतिक दलसँग छलफल गर्न बैठक आयोजना गरिएको हो। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको छ। उक्त बैठकले सभामुख चयन प्रक्रिया अगाडि बढाउनेछ। साथै, दलहरूबीच सहमति भएमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सम्भावना पनि रहेको छ। यसअघि तयारीस्वरूप बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा सर्वदलीय बैठक बस्नेछ, जहाँ विभिन्न दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्। नयाँ प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा…
Read More
१५औं महाधिवेशनको तयारीमा कांग्रेसइतर समूहको छलफल

१५औं महाधिवेशनको तयारीमा कांग्रेसइतर समूहको छलफल

१७ चैत,  काठमाडौँ — नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)बाट सुरू हुँदैछ। पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सहभागितामा बैठक बस्न लागेको हो। धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे सुरु हुने यो दुई दिने बैठकका लागि संस्थापनइतर समूहले तीन वटा मुख्य एजेन्डा तय गरेको छ। बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम, १५औं महाधिवेशनको कार्यतालिका, साथै महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल गरिनेछ। १७ चैतमा बस्ने यस बैठकमा केन्द्रीय सदस्यहरूको उपस्थिति रहनेछ भने नेताहरू बैठक स्थलमा आउनेक्रम जारी रहेको जनाइएको छ। निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार पनि यही तीन एजेन्डामा केन्द्रित…
Read More
सिंहदरबारमा प्रधानमन्त्री शाह र कर्णाली सांसदबीच विकासबारे छलफल

सिंहदरबारमा प्रधानमन्त्री शाह र कर्णाली सांसदबीच विकासबारे छलफल

१६ चैत, काठमाडौँ —  प्रधानमन्त्री बालेन्द्र शाह र कर्णाली प्रदेशका सांसदहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा कर्णाली प्रदेशको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको प्रभावकारी उपयोगका विषयमा विस्तृत छलफल भएको ज्ञानेन्द्र शाहीले जानकारी दिए। प्रधानमन्त्री शाहले कर्णालीको दीगो र समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक नीतिगत र संरचनागत सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्। भेटका क्रममा शाहीले कर्णालीका रोकिएका तथा अधुरा आयोजनाहरूलाई पुनः सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेको बताए। साथै, विगतमा सुशीला कार्की नेतृत्वको सरकारले रोकेको बजेट फुकुवा गर्न पनि माग गरिएको उनले उल्लेख गरे। भेटमा कर्णाली…
Read More
‘घुस खान र खुवाउन दिंदैनौं’ — अर्थमन्त्री वाग्ले

‘घुस खान र खुवाउन दिंदैनौं’ — अर्थमन्त्री वाग्ले

१६ चैत, काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अब घुस दिनुपर्ने, कामका लागि लाइनमा बस्नुपर्ने वा थुनिनुपर्ने अवस्था अन्त्य हुने बताएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा उनले यस्तो आश्वासन दिएका हुन्। साथै उनले लगानी वृद्धि र रोजगारी सिर्जनामा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे। उनले आफू घुस खान नआएको र कसैलाई पनि घुस खान नदिने स्पष्ट पार्दै देशको अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउने लक्ष्य रहेको बताए। निजी क्षेत्रलाई अब अनावश्यक दुःख नहुने बताउँदै उनले सरकारलाई सहयात्रीको रूपमा लिने विश्वास व्यक्त गरे। अब घुस दिनुपर्ने, लाइन लाग्नुपर्ने वा व्यवसायीहरू थुनिनुपर्ने अवस्था नरहने उनको भनाइ थियो। आर्थिक बेइमानीका…
Read More
प्रधानमन्त्री बालेनको सिंहदरबार संवाद: कोशीका सांसदसँग मागियो समस्या र समाधानको ठोस उपाय

प्रधानमन्त्री बालेनको सिंहदरबार संवाद: कोशीका सांसदसँग मागियो समस्या र समाधानको ठोस उपाय

१६ चैत, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका विभिन्न क्षेत्रका समस्या र विकासका एजेन्डाबारे प्रत्यक्ष संवाद थाल्नुभएको छ। यसै सिलसिलामा सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नुभएको छ। छलफलको मुख्य उद्देश्य कोशी प्रदेशका समसामयिक समस्याहरू बुझ्ने र त्यसको समाधानका लागि बजेट तथा प्राथमिकता निर्धारण गर्ने रहेको छ। के भयो छलफलमा? छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणी न्यौपानेका अनुसार, कोशी प्रदेशका सबै सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका विद्यमान समस्याबारे प्रधानमन्त्रीलाई विस्तृत ब्रिफिङ गरेका थिए। सांसद न्यौपानेले छलफलको सारबारे जानकारी दिँदै भन्नुभयो: "हामीले कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक…
Read More
रास्वपाको नयाँ अभ्यास: मन्त्रालयमा ‘विशेषज्ञ सांसद’, बालेन सरकारको कामलाई गति दिइने

रास्वपाको नयाँ अभ्यास: मन्त्रालयमा ‘विशेषज्ञ सांसद’, बालेन सरकारको कामलाई गति दिइने

१६ चैत, काठमाडौं — सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई मन्त्रालयको काममा प्रत्यक्ष परिचालन गर्ने विशेष योजना अघि सारेको छ। सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी र नतिजामुखी बनाउन रास्वपाले विषय विज्ञताका आधारमा सांसदहरूलाई मन्त्रालयमा खटाउने तयारी गरेको हो। सांसदलाई मन्त्रालय पठाउनुको मुख्य उद्देश्य रास्वपा प्रवक्ता मनिष झाका अनुसार यो कदम सांसदहरूको क्षमता अभिवृद्धि र मन्त्रीहरूलाई कार्यसम्पादनमा सहयोग पुर्‍याउन चालिएको हो। प्रवक्ता झाले भने, "सांसद भनेको भविष्यको सम्भावित मन्त्री पनि हो। त्यसैले यो उनीहरूका लागि एक प्रकारको प्रशिक्षण (ट्रेनिङ) पनि हुनेछ।" पार्टीले मन्त्रालयमा सांसदहरूका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि विज्ञका रूपमा खटाउने तयारी गरेको छ। केही सांसदहरूले भने…
Read More