एमाले निकट दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

एमाले निकट दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

१३ भदौ, काठमाडौं - चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले डीसी लाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको थियो । फिल्म निर्देशक,अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् । अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो। यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए ।
Read More
आस्मा कुमारी केसी बनिन् सन् २०२४ की मिस नेपाल

आस्मा कुमारी केसी बनिन् सन् २०२४ की मिस नेपाल

१९ साउन, काठमाडौं - आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले 'मिस नेपाल वर्ल्ड'को उपाधि जितेकी हुन् । 'मिस नेपाल इन्टरनेशनल'को उपाधि भने करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसीले उचालिन् ।
Read More
वैशाख ६ देखि रामेछापमा तेश्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) हुँदै

वैशाख ६ देखि रामेछापमा तेश्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) हुँदै

१५ चैत्र, रामेछाप - वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण हुने भएको छ। मन्थलीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव हुने जानकारी दिइएको हो । ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु महोत्सवमा प्रदर्शन हुनेछन् । महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम समेत हुने जानकारी पत्रकार सम्मेलनमा दिए । रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुने महोत्सवमा २ दर्जनभन्दा बढी फिल्म प्रदर्शन गरिनेछ । आयोजकले महोत्सव फिल्मप्रति रुचि हुने दर्शकका लागि महोत्सव फलदायी सावित हुने र नेपाली फिल्मको प्रचार-प्रसारमा…
Read More
गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत सार्वजनिक

गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत सार्वजनिक

१५ चैत्र, काठमाडौं - गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’ सार्वजनिक गरिएको छ। प्रेमिल गीतमा शब्द रचना गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको रहेको छ। क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा शंकर श्रेष्ठ,कुसुम शर्मा,सुजा पौडेल,दिलिप योङहाङ,हिमा थापा,धन प्रसाद श्रेष्ठ,कौशिला श्रेष्ठ,स्मृति श्रेष्ठको अभिनय रहेको छ। नगेन्द्र नेपालको निर्देशनमा बनेको भिडियोको छायांकन खगेन्द्र पन्धक लिम्बुले गरेका हुन् भने सम्पादन रोशन श्रेष्ठले र कलर दिन्सन शाहले गरेका छन्। योगेश कोइरालाले भिडियोमा सह निर्देशनको कार्य गरेका छन्। गीत अनुसार भिडियो बनेकोले दर्शक श्रोताले रुचाउनेमा ढुक्क रहेको शंकर श्रेष्ठले बताए। भिडियो क्रिएटिभ आवर प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत…
Read More
‘ह्रस्व दीर्घ’  फिल्ममा साउथ अभिनेता  कबीर पनि  अनुबन्धित

‘ह्रस्व दीर्घ’  फिल्ममा साउथ अभिनेता  कबीर पनि  अनुबन्धित

११ पौष, काठमाण्डौं - चन्द्र पन्तले निर्देशन सम्हालेको फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाली र भारतीय कलाकारको संख्या ठुलो देखिएको छ । एकातिर फिल्ममा साउथका नामी कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्माको टोली छ भने अर्कोतिर नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरुको संख्या राम्रै छ ।यसबीच, फिल्ममा अर्का साउथ अभिनेता कबीर दुहान सिंहको प्रवेश भएको छ । बुधबार निर्मात्री नीता ढुंगानाले एक पोस्टरमार्फत् फिल्ममा कबीर अनुबन्धित भएको जानकारी गराएकी हुन् । उनी तेलुगू, तमिल र कन्नड फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता हुन् । उनले ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना…
Read More
अभिनेता तथा निर्देशक नीर शाह राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार सिफारिस

अभिनेता तथा निर्देशक नीर शाह राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार सिफारिस

११ पौष, काठमाण्डौं - अभिनेता तथा निर्देशक नीर शाहलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । मंगलबारसम्म प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन ९० जनाले नाम टिपाएका थिए । शाहले बुधबार अन्तिम दिन मात्र आफ्नो नाम टिपाएका हुन् । उनीसहित बागमती प्रदेशबाट ९१ जनाको नाम उम्मेदवारमा सिफारिस भएको छ । अभिनेता शाहले अन्तिम दिन आफ्नो नाम टिपाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले नाम टिपाउनुभन्दा अघि पार्टीका केही शीर्षस्थ नेताहरुसँग भेट गरेको र नेताहरुबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने वचन पाएपछि उनले नेपाली कांग्रेस बागमती प्रदेश समितिमा नाम टिपाएको बुझिएको छ ।…
Read More
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
Read More
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
Read More
सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
Read More