२०८२ मंसिर २२
२०८२ मंसिर २२
२२ मंसिर, काठमाडौं — सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल डेटा सेन्टर पुगेपछि आन्दोलनपछिको कम्पनीको सेवा निरन्तरता र क्षतिको अवस्थाबारे चासो व्यक्त गरेका छन्।भदौ २३ र २४ गतेका आन्दोलनमा लैनचौरस्थित एनसेल कर्पोरेट कार्यालयमा आगजनी र तोडफोड हुँदा कम्पनीले ६७ करोड रुपैयाँभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो। कर्पोरेट कार्यालय क्षतिग्रस्त भएपछि त्यहाँका धेरै काम अहिले डेटा सेन्टरमार्फत सञ्चालन भइरहेका छन्। सोमबार स्थलगत अनुगमन गर्दा मन्त्री खरेलले एनसेलले बेहोरेको क्षतिप्रति दु:ख व्यक्त गरे। उनले नेपाल टेलिकमजस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि बराबरी प्राथमिकता दिइने बताउँदै कुनै प्रकारको विभेद नहुने आश्वासन दिए। "एनसेलको फेयर बिजनेसलाई समर्थन गर्छौँ, नागरिकको सम्मान हुने वातावरण बनाउनु…