२०८२ चैत्र २५
२०८२ चैत्र २५
२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन चैत २७ गते हुने तय गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख चयनको मिति घोषणा गरेका हुन्। यसअघि चैत २२ गते भएको सभामुख निर्वाचनमा अर्याल एकल उम्मेदवारका रूपमा उभिएपछि निर्विरोध निर्वाचित भएका थिए। सभामुख चयनसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइएको हो। प्रतिनिधिसभा नियमावलीअनुसार उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था छ, जसअनुसार अहिले मिति निर्धारण गरिएको हो। सामान्यतया सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान भए पनि विशेष अवस्थामा एउटै दलबाट पनि चयन हुन सक्ने व्यवस्था छ। हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीसहित ६…